images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले धनुषा जिल्ला महेन्द्रनगर वडा नंं ७ मा अवस्थित गंगोत्तरी उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूको वित्तीय जानकारी अभिबृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    कम्पनीले डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार सम्बन्धी जानकारी र सि–आस्वा, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमालगायत सम्बन्धमा जानकारी दिने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 


    संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा गंगोत्तरी उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलकातर्फबाट प्रिन्सिपल गणेश कुमार साह, कम्पनीका शाखा कार्यालय महेन्द्रनगरको शाखा प्रबन्धक सञ्जोग शर्मा तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्य गर्दै आइरहेकोे छ । आगामी दिनहरूमा पनि यसैगरी निरन्तरता दिने कुरामा कम्पनी प्रतिबद्व रहेको कम्पनीले जनाएको छ ।

    गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, ४ वटा विस्तारित काउण्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरू जस्ता आधुनिक बैकिङ्ग सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार