images
images

जङ्गी अड्डामा प्रधान सेनापतिद्वारा एकल महिलाहरुसँग भेटघाट

जङ्गी अड्डामा प्रधान सेनापतिद्वारा एकल महिलाहरुसँग भेटघाट

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • जङ्गी अड्डामा प्रधान सेनापतिद्वारा एकल महिलाहरुसँग भेटघाट
    images
    images

    प्रधान सेनापति अशोक राज सिग्देलले विगत द्वन्द्व तथा कर्तव्यपालनको दौरानमा वीरगति प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरूसँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन् । 

    कार्यक्रममा प्रधान सेनापतिले विगत द्वन्द्वको समय लगायत विभिन्न अवस्थामा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त सकलदर्जाको योगदानलाई स्मरण गर्दै अपुरणीय क्षतिको बाबजुद शोकलाई शक्तिमा बदली एकल महिलाहरूले समाजमा विभिन्न उद्यम मार्फत आफू लगायत आफ्ना सन्ततीलाई स्थापित गराएकोमा प्रशंसा गरे । 

    प्रधान सेनापतिले बीरगति प्राप्त सकलदर्जाको हक हितका लागि सदैव प्रयत्‍नशिल रहेको बताए । 

    कार्यक्रममा प्रधान सेनापतिले उपस्थित वीरगति प्राप्त सकलदर्जाका परिवारहरूलाई नगद र दोसल्ला सहित सम्मान गरेका थिए  ।

     उनले नेपाली सेना सदैव साथमा रहेको बताउँदै  एकल महिला भए पश्चात पनि आफ्नो अध्ययनलाई निरन्तरता दिई उच्च शिक्षा हाँसिल गर्ने एकल महिला नारायणी कँडेल र आफ्नो सन्ततिलाई उच्च शिक्षा हाँसिल गर्न प्रेरणा दिई सफल अभिभावकत्व निर्वाह गर्ने रिता भण्डारीलाई नगद ४० हजार रुपैयाँसहित विशेष सम्मान गरे । 

    यस्तैगरी प्रधान सेनापतिले  कल्याणकारी निवृत्तिभरणमा मासिक ५०० का दरले थप गर्ने उल्लेख समेत गरे । सोही अनुरुप उक्त समूहमा रहेका एकल महिलाहरूलाई नेपाली सेनाले पारिवारिक निवृत्तिभरणको रूपमा वीरगतितर्फ मासिक रु. ३५०० र कर्तव्य पालनातर्फ मासिक रु.२५०० प्रदान गरिरहेकोमा यही २०८१ असोज महिनाबाट मासिक रु.५०० थप गरिएको बताएका छन् । यस्तै, वीरगतितर्फ मासिक रु.४००० र कर्तव्य पालनातर्फ मासिक रु.३००० प्रदान गर्दै आई रहेको छ।


    कार्यक्रममा बलाध्यक्ष रथी  प्रदीप जंग के.सी, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार