काठमाडौँ / नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार २ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आइतबार १ हजार ८४० रुपैयाँ कायम भएको हो ।