काठमाडौँ / हिमालयन बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११.११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसयता भने कम्पनीले लाभांश वितरण नगरेको हो । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि गत वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृति माग्ने निर्णय गरेको छ ।