images
images

राष्ट्रिय स्तरका विकास बैंकहरूले ६ महिनामा कति कमाए नाफा ?

राष्ट्रिय स्तरका विकास बैंकहरूले ६ महिनामा कति कमाए नाफा ?

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • राष्ट्रिय स्तरका विकास बैंकहरूले ६ महिनामा कति कमाए नाफा ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षको ६ महिनामा वाणिज्य बैंकहरूको नाफा घटे पनि राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा भने बढेको छ । राष्ट्रियस्तरका विकास बैंकहरूले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ महिनामा १४.७८ प्रतिशतले बढेको हो । 

    गत आर्थिक वर्षको अर्धबार्षिक अवधिमा राष्ट्रिय स्तरका ८ ओटा विकास बैंकहरूले २ अर्ब २५ करोड ४२ लाख ९७ हजार रुपैयाँ नाफा कमाएका थिए । यस बर्ष भने उक्त नाफा रकम बृद्धि गरेर २ अर्ब ५८ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुर्याएको हो । गत बर्षको तुलनामा यस बर्ष पुस मसान्तसम्म दुई ओटा विकास बैंकको नाफा घटेको छ भने ६ ओटाको बढेको छ । 

    ज्योति विकास बैंकको नाफा सर्वाधिक बढ्यो

    चालु आवको ६ महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने विकास बैंकहरूमा ज्योति विकास बैंक अग्रस्थानमा छ । समीक्षा अवधिमा ज्योति विकासले खुद नाफा रकम १४७.५७ प्रतिशतले बृद्धि गरेको हो । 

    गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १० करोड १० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २५ करोड १ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको हो। 

    ज्योतिपछि धेरै नाफा बढ्ने बैंकको सूचीमा साङ्ग्रिला डेलभपमेन्ट बैंक रहेको छ । गत बर्ष ६ महिनासम्म १० करोड २ लाख ३३ हजार रुपैयाँ कमाएको यस बैंकले समीक्षा अवधिमा १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    सबैभन्दा कम नाफा भने महालक्ष्मी विकास बैंकको बढेको छ । गत बर्ष पुस मसान्तसम्म २७ करोड ८० लाख ३६ हजार रुपैयाँ नाफा कमाएको महालक्ष्मीले समीक्षा अवधिमा सो रकम बढाएर २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ पुर्याएको हो । 

    सबैभन्दा बढी खुद नाफा घट्ने विकास बैंकमा लुम्बिनी विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट रहेका छन् । गत बर्ष ३७ करोड १२ लाख ७ हजार रुपैयाँ नाफा कमाएको साइन रेसुङ्गाले यस बर्ष भने ३३ करोड ८ लाख ५६ हजार मात्रै खुद मुनाफा गरेको छ । जुन गत बर्षको तुलनामा १०.८७ प्रतिशतले कम हो । 

    सबैभन्दा बढी ३०.४६ प्रतिशतले नाफा घटेको लुम्बिनी विकास बैंकले यस बर्ष १४ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । जबकि गत बर्ष सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड २२ लाख ६९ हजार रुपैयाँ थियो ।

    गरिमा विकास बैंकको नाफा सर्वाधिक बढी 

    गरिमा विकास बैंक ६ महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय स्तरको विकास बैंक बनेको छ । यो बैंकले पुस मसान्तसम्म ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत बर्ष ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गरिमाले समीक्षा अवधिमा भने यस्तो रकम ७.१६ प्रतिशतले बृद्धि गरेको हो । 

    त्यस्तै, सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय स्तरको विकास बैंकहरूको दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक छ । यो बैंकले गत बर्षको तुलनामा १९.७९ प्रतिशतले नाफा बढाएर ५० करोड ३१ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष यसै अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा ४२ करोड १७ हजार रुपैयाँ थियो । 

    सबैभन्दा कम नाफा कमाउनेमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिमा १४ करोड ७६ लाख १८ हजार रुपैयाँ मात्रै नाफा कमाएको हो । 

    Notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार