काठमाडौँ / नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुका लागि अफर योजना ल्याएको छ । सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पे ले नयाँ अफर सुरु गरेको हो।
सो अफर पुस १ गतेदेखि फागुन २९ गतेसम्म लागू हुनेछ । उक्त अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै, हरेक महिना १ भाग्यशाली उडानकर्ताले ‘लक्की ड्र’मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।
जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।
जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् ।
नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।