काठमाडौँ / ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुबैबाट प्रतिष्ठित फाइभ–स्टार सेफ्टि रेटिङ हासिल गरेको छ ।
यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र ए.एस.इ.ए.एन. एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ–स्टार रेटिङ प्राप्त गरेको थियो ।
सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, ओमोडा इफाइभको बिइभि संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गर्यो र सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्यो ।
यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अङ्कका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ प्रतिशत अङ्क प्राप्त गर्यो ।
त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत, र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियो (अनुपात)को ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ रहेको छ जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ। गाडीको अगाडिको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ ।
यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ ।
यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ । ‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ ।
इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स(टाइमले गर्दा कोलिजन रिस्क (दुर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ ।
उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज–लेभल (१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् ।
यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाईको इभि रहेको छ । ओमोडा इफाइभको यो सफलताले विश्वव्यापी शीर्षनेता तथा व्यक्तित्वहरूको पनि समर्थन प्राप्त गरेको छ ।
विभिन्न देशका सरकारहरूले ओमोडाको ‘न्यु इनर्जि स्ट्राटेजि’ (नयाँ ऊर्जा रणनीति)लाई बलियो समर्थन देखाएका छन् भने इन्डोनेसिया, मलेसिया र टर्कीका विभिन्न अधिकारीहरूले ओमोडाको नयाँ ऊर्जा प्रविधि र डिजाइनको प्रशंसा गरेका छन्।
यो समर्थनले विश्वव्यापी बजारहरूमा ओमोडाको स्थान र लोकप्रियतालाई थप जोड दिन्छ। विभिन्न क्षेत्रमा ओमोडाको विश्वव्यापी नेताहरूसँगको यो सम्बन्ध र अन्तरक्रियाले ब्रान्डको विश्वव्यापी प्रतिस्पर्धात्मकता झल्काउँदै अन्तर्राष्ट्रियस्तरमा विस्तारलाई थप प्रवर्द्धन गर्दछ ।
डबल फाइभ-स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाई हासिल गरेको छ । ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो–बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १००० भन्दा बढी सोरुम र ३ लाख ७० हजारभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।
ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ ।