images
images

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने, लक्ष्मी सनराइज बिक्री प्रबन्धक

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने, लक्ष्मी सनराइज बिक्री प्रबन्धक

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने, लक्ष्मी सनराइज बिक्री प्रबन्धक
    images
    images

    काठमाडौँ / शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडको सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशन गर्नका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

    कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । 

    उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । 

    उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।

    शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मूख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । 

    हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन इनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । 

    उल्लिखित कम्पनीहरूमध्ये पहिलो तीन कम्पनीहरू सञ्चालनमा आइसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेको छ । 

    शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशनपश्चात उक्त कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड पुग्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार