images
images

जनयुद्धमाथि हमला गरेको विप्लवको आरोप, नेपालमा ‘ढेँडु-बाँदरहरूको जमात’ खडा भएको टिप्पणी

जनयुद्धमाथि हमला गरेको विप्लवको आरोप, नेपालमा ‘ढेँडु-बाँदरहरूको जमात’ खडा भएको टिप्पणी

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • जनयुद्धमाथि हमला गरेको विप्लवको आरोप, नेपालमा ‘ढेँडु-बाँदरहरूको जमात’ खडा भएको टिप्पणी
    images
    images

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढेँडु–बाँदरहरूको जमात’ खडा भएको टिप्पणी गरेका छन् । उनले सत्ताका लागि दलहरू मारामार गरिरहेको भन्दै ब्यङ्य गरे । 

    बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

    उनले हाल नेपालमा विविध किसिमका पात्रहरूले चर्चा कमाइरहेको बताए । उनले भने, “आज नेपाल कस्तो ठाउँमा छ भन्दा अलिकति उदेक लाग्दो, अनौठो अनि रमाइलो जस्तो देखिन्छ । ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ भन्या जस्तो आज नेपाल पुग्या छ ।” उनले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट व्यक्त गरे । 

    उनले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भने, “नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेंडुहरूले पगरी गुथेका छन् । कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन् ।” 

    महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरू सक्रिय रहेको संकेत गरेका छन् । उनले अगाडि भने, “कसैको अनुहार रातो छ, कसैको कालो छ । कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन् । कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन् ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार