images
images

नागार्जुन नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड घुस लिएको र १३ करोड सम्पत्ति शुद्धीकरणको बिगो दाबी

नागार्जुन नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड घुस लिएको र १३ करोड सम्पत्ति शुद्धीकरणको बिगो दाबी

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • नागार्जुन नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड घुस लिएको र १३ करोड सम्पत्ति शुद्धीकरणको बिगो दाबी
    images
    images

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    अखितयारले मेयर बस्नेतमाथि  ९ करोड २२ लाख ४६ हजार ३२ घुस  लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।  

    साथै, अख्तियारले मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेत र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर  गरेको  छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार