images
images

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणाको निर्णयप्रति लगानीकर्ताको आपत्ति

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणाको निर्णयप्रति लगानीकर्ताको आपत्ति

मंगलवार, पुस १६ २०८१
मंगलवार, पुस १६ २०८१
  • कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणाको निर्णयप्रति लगानीकर्ताको आपत्ति
    images
    images

    काठमाडौँ / गत साता नेपाल राष्ट्र बैंकले पुष १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेकोप्रति लगानीकर्ताहरूले आपत्ति जनाएका छन् ।

    नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेन्ट बैंकलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर भएको, आर्थिक हिनामिनाको आशंका, कमजोर तरलता स्थितिका साथै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने कारण देखाएर समस्याग्रस्त संस्था घोषणा गरेको थियो ।

    सोही विषयलाई लिएर मंगलबार कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले भृकुटिमण्डपमा भेला भएर आफ्नो सेयरप्रति चासो देखाउँदै आपत्ति जनाएका हुन ।

    कर्णाली विकास बैंकका सेयर लगानीकर्ता भेलाका संयोजक सुरज खडका भन्छन्, “राष्ट्र बैंकले कर्णाली विकास बैंकका बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ, तर लगानीकर्ताको लगानीमा कुनै प्रतिक्रिया दिएको छैन । हाम्रो भेला यसैको लागि हो ।” 

    कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको पश्चात राष्ट्र बैंकले उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी आफैँ लिएको छ ।

    राष्ट्र बैंकको विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ’समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ ।” 

    मंसिर ११ गते नै न्यूनतम पुँजीकोष अनुपात कायम नभएको र निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले उक्त बैंकको थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार