images
images

सत्ता सम्हालेलगत्तै ट्रम्पले आप्रवासी, राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि अन्तरिक्ष यात्राबारे गरेका १० घोषणा केके हुन् ?

सत्ता सम्हालेलगत्तै ट्रम्पले आप्रवासी, राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि अन्तरिक्ष यात्राबारे गरेका १० घोषणा केके हुन् ?

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • सत्ता सम्हालेलगत्तै ट्रम्पले आप्रवासी, राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि अन्तरिक्ष यात्राबारे गरेका १० घोषणा केके हुन् ?
    images
    images

    डोनाल्ड ट्रम्पले जनवरी २०, सोमबार अमेरिकी संसद क्यापिटल हिलमा ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । ट्रम्पले सत्ता सम्हालेलगत्तै राष्ट्रियदेखि विदेशसम्मका अमेरिकी नीतिहरूमा धेरै ठूला परिवर्तन ल्याउने कुरा गरे ।

    शपथ ग्रहणपछिको आफ्नो ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीति अन्तर्गत अन्य देशहरूमा पनि कर लगाउने बारेमा कुरा गरे । साथै, उनले अमेरिकामा पुरुष र महिला मात्र लिङ्गलाई मान्यता दिने घोषणा गरे।

    ट्रम्पको पहिलो भाषणमा गरिएका १० ठूला घोषणाहरू

    १. अमेरिकी सरकारको लागि केवल दुई लिङ्ग  

    डोनाल्ड ट्रम्पले अमेरिकामा पुरुष र महिला मात्र लिङ्गलाई मान्यता दिने घोषणा गरेका छन् । ट्रम्पले भने “आजदेखि, अमेरिकी सरकारको लागि केवल दुई लिङ्ग हुनेछन् – पुरुष र महिला । म अमेरिकामा सबै सरकारी सेन्सरसिप तुरुन्तै रोक्न र अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु।” 

    ट्रम्पले चुनावी अभियानको क्रममा ट्रान्सजेन्डर समुदाय विरुद्ध बयान दिएका थिए। ट्रम्पका रक्षामन्त्री पिट हेगसेथले सेनामा महिला र ट्रान्सजेन्डरहरूको समावेशले अमेरिकाको सुरक्षा प्रणालीलाई कमजोर बनाइरहेको बताएका छन्।

    २. अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने वाचा 

    ट्रम्पले देशमा अवैध आप्रवासीहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अवैध आप्रवासीहरूलाई समातेर सीमामा छोड्ने नीति अन्त्य गर्ने बताएका छन् । उनले भने, “बाइडेन प्रशासनले हाम्रो देशमा अवैध रूपमा प्रवेश गरेका खतरनाक अपराधीहरूलाई आश्रय र संरक्षण दिएको छ।” 

    प्यू रिसर्च सेन्टरका अनुसार, अमेरिकामा विश्वमा सबैभन्दा धेरै आप्रवासीहरू छन्। विश्वका कुल आप्रवासीहरूको २० प्रतिशत अमेरिकामा बस्छन् । २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीहरूको कुल संख्या ४.७८ करोड थियो। अन्य देशका मानिसहरू अवैध रूपमा अमेरिका प्रवेश गरेर अपराध गर्ने उनको बुझाइ छ । 

    ३. ट्रम्पले मेक्सिको सीमामा आपतकालीन अवस्था घोषणा 

    उनले अमेरिका–मेक्सिको सीमा (दक्षिणी सीमा)मा आपतकालीन अवस्था घोषणा गर्ने बताए । उनले यहाँबाट हुने सबै अवैध प्रवेशमा प्रतिबन्ध लगाइने बताए । सरकारले अपराध गर्ने विदेशीहरूलाई आफ्नो देशमा फिर्ता पठाउने उनले बताए।

    अमेरिका-मेक्सिको सीमाबाट आउने अवैध आप्रवासीहरूको बढ्दो संख्या अमेरिकी राजनीतिमा ठूलो मुद्दा हो । अवैध आप्रवासी र अपराधीहरू प्रवेश गरेको भन्दै उनले सिमानामा पर्खाल बनाउने बताएका छन् ।

    ४. पानामा नहर फिर्ता लिने धम्की 

    ट्रम्पले पनामा नहर फिर्ता लिने बताए। उनले भने “यो नहरका कारण हामीमाथि धेरै नराम्रो व्यवहार गरिएको छ। यो पानामा देशलाई उपहारको रूपमा कहिल्यै दिनु हुँदैनथ्यो। आज चीनले पनामा नहर सञ्चालन गर्दछ। हामीले यो चीनलाई दिएनौँ। हामीले यो पानामा देशलाई दियौँ। हामी यसलाई फिर्ता लिनेछौँ।” 

    उक्त नहर अमेरिकाले १९९९ मा पानामालाई उपहार दिएको थियो, तर अहिले यो चीनको नियन्त्रणमा छ र अमेरिकी जहाजहरूले यहाँ बढी कर तिर्नुपर्छ।

    ५. मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्ने घोषणा 

    ट्रम्पले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिका खाडीको नाम बढी ‘सुन्दर’ सुनिन्छ र यो नाम राख्नु सही भएको बताउँदै आएका छन् । 
    उक्त क्षेत्रमा अमेरिकाको उपस्थिति बढी भएको र अमेरिकाले सबैभन्दा बढी गतिविधि गर्ने उनको भनाइ छ । त्यसैले उक्त ठाउँ अमेरिकाको भएको उनको दावी छ । 

    ६. अन्य देशहरूमा कर लगाउने घोषणा 

    आफ्नो देशका जनतालाई धनी बनाउन अन्य देशहरूमा शुल्क र कर लगाउने ट्रम्पले बताएका छन् । उनले भने, “अहिलेसम्म हाम्रो देशको सरकारले अन्य देशहरूलाई धनी बनाउन हाम्रो देशका जनतामाथि कर लगाउँथ्यो। हामी यसलाई परिवर्तन गर्नेछौँ, अब हामी हाम्रो देशका जनतालाई धनी बनाउन अन्य देशहरूमा शुल्क र कर लगाउँछौँ ।” 

    उनका अनुसार अमेरिकाले हरेक वर्ष अन्य देशहरूसँग ठूलो व्यापार घाटाको सामना गर्छ। उनले चुनाव जितेपछि ब्रिक्स देशहरूमा १०० प्रतिशत भन्सार लगाउने धम्की पनि दिएका थिए। यसबाहेक, उनले चीन, क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाउने धम्की दिएका छन्।

    ७. अमेरिकामा इलेक्ट्रिक सवारी साधनको अनिवार्यता अन्त्य गर्ने घोषणा 

    डोनाल्ड ट्रम्पले सरकारले इलेक्ट्रिक सवारी साधनको अनिवार्यता अन्त्य गर्ने बताएका छन् । इलेक्ट्रिक सवारीले स्वच्छ ऊर्जाको प्रवर्द्धनमा सहयोग पुग्छ । यनले भने, “अब तपाईंले आफ्नो रोजाइको कार किन्न सक्नुहुनेछ ।”

    ट्रम्पले जलवायु परिवर्तनमाथि धेरै पटक खुलेआम आफ्नो शंका व्यक्त गरेका छन्। उनी जीवाश्म इन्धनको प्रमुख समर्थक हुन् । २०१६ मा राष्ट्रपति बनेपछि २०१५ को पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहरिएको थियो । 

    ८. स्वास्थ्य प्रणाली र शिक्षा प्रणालीको आलोचना 

    ट्रम्पले अमेरिकी स्वास्थ्य प्रणालीको पनि आलोचना गरे। उनले भने “यो एक स्वास्थ्य प्रणाली हो जुन आपतकालीन अवस्थामा काम गर्दैन । जबकि संसारमा सबैभन्दा धेरै पैसा यसमा खर्च गरिन्छ। हाम्रो देशमा यस्तो शिक्षा प्रणाली छ जसले हाम्रा बच्चाहरूलाई आफैँलाई लज्जित हुन सिकाउँछ। तर आजदेखि, यो सबै परिवर्तन हुँदैछ।” 

    डेमोक्र्याटिक सरकारको स्वास्थ्य नीतिले देशलाई कठिन समयमा मद्दत नगर्ने उनले बताउदै आएका छन् । यसले सरकारी विभाग र एजेन्सीहरूमा खर्च बढाउनले उनको बुझाइ छ । आफ्नो पहिलो कार्यकालमा, उनले पूर्व राष्ट्रपति बराक ओबामाको ओबामाकेयर स्वास्थ्य बीमा नीति विरुद्ध आदेश पारित गरे।

    ९. मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने घोषणा 

    ट्रम्पले अमेरिकाले मंगल ग्रहमा पनि अमेरिकको झण्डा गाड्ने बताए। उनले मंगल ग्रहमा अमेरिकाको तारा जडित झण्डा गाड्न अन्तरिक्ष यात्रीहरू पठाउने बताए।

    ट्रम्प समर्थक तथा स्पेसएक्सका मालिक एलोन मस्कले पृथ्वी बाहिर नयाँ मानव बस्ती स्थापना गर्ने बारेमा धेरै पटक बोलेका छन्। मंगल ग्रहको बारेमा ट्रम्पको घोषणापछि मस्कले उभिएर ताली बजाएर स्वागत गरे।

    १०. विदेशी शत्रु ऐन १७९८ लागू गर्ने वाचा 

    ट्रम्पले अमेरिकामा विदेशी गिरोहहरूलाई लक्षित गर्न विदेशी शत्रु ऐन १७९८ लागू गर्ने बताए। यो कानुनी शक्ति अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालियन मूलका गैर–अमेरिकी नागरिकहरूलाई हिरासतमा राख्न प्रयोग गरिएको थियो। उनले आपराधिक गिरोहहरूलाई विदेशी आतंकवादी संगठन घोषणा गरिने बताए।

    उनका अनुसार कानूनले सरकारलाई शक्तिशाली बनाउनेछ ।   जसको मद्दतले सबै संदिग्ध लागूऔषध गिरोहहरूलाई अमेरिकाबाट धपाउन सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार