काठमाडौँ / शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ १ हजार रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।
यता, चाँदीको भाउ सामान्य बढेर तोलामा १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।