दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेडले नेपालमा विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई प्रतिस्पर्धी वित्तिय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन् । २०८१ माघ १० मा आधिकारिक रूपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ।
सम्झौताअन्तर्गत, रिलायन्स फाइनान्सले सवारी साधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउँछन् ।
यस साझेदारीअन्तर्गत ११-सीटर, १४-सीटर, १६-सीटर, र १९-सीटर विद्युतीय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरुको लागि वित्तिय विकल्पहरू उपलब्ध हुनेछन् ।
दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरब श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ ।
यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरु तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ ।
रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै, ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरु फाइनान्सको लागि आवेदन दिन सक्छन् ।
यो पहलले खरिद प्रक्रियालाई सरल बनाउने मात्र होइन तर वातावरणीय रूपमा दिगो यातायात समाधानहरू अपनाउन पनि प्रोत्साहित गर्दछ । मिशन जेरो एमिसनको आफ्नो उदेश्य साथ दिगो ग्रुपले नेपालमा विद्युतीय सवारीसाधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ ।
उनीहरूले नेपाली बजारमा विद्युतीय सवारीसाधनको विक्री, वितरण,सर्विस र स्पेयर पार्ट्सका साथै दिगो मार्फतका अन्य संस्थाहरूले बिध्युतिय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधानहरू उपलब्ध गराउँछ भने नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई-स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ ।
नेपालमा इन्धन सवारी साधनको प्रयोगमा कमी ल्याउन र आत्मनिर्भर बिध्युतिय उर्जाको प्रवद्र्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई प्रवर्द्धन गर्न यो एउटा ठूलो पहल हो ।