काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य आज स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, साउथ कोरियन वनलगायतको मुद्राको मूल्य बढेको छ ।
त्यस्तै, स्विस फ्र्याङ्क, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य भन् घटेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ८० पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कका अनुसार हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
यसैगरी, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १५ पैसा, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैङ्कका अनुसार यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ ।