images
images

पाथीभरा केबलकार निर्माण परियोजना : अवरोध/ विरोधले लगानीमैत्री वातावरण विथोलिने

पाथीभरा केबलकार निर्माण परियोजना : अवरोध/ विरोधले लगानीमैत्री वातावरण विथोलिने

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • पाथीभरा केबलकार निर्माण  परियोजना : अवरोध/ विरोधले लगानीमैत्री वातावरण विथोलिने
    images
    images

    काठमाडौँ / नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरूले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढाइरहेको छ ।

    निर्माण परियोजनाको विरोध प्रसंगले मुलुकको लगानी क्षेत्रमा नै आशंका पैदा गरेको छ । सडकदेखि सदनसम्म पुगेको उक्त परियोजनामा विकास पक्षमा धरै अभिब्यक्तिहरु आइरहेका छन् । तर, विकास विरोधी केही गतिविधिले  कोभिड पछि शिथिल लगानीको क्षेत्रमा पुनः गम्भीरता देखिएको छ  । बन्द हडतालका कार्यक्रमले मुलुकको समृद्धिलाई अघि बढाउन सक्दैन । 

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलेपनि संयुक्त विज्ञप्ति जारी गरिसकेको छ । निजी क्षेत्रले लगानीको वातावरण धुमिल्याउन खोजेको आशंका ब्यक्त गरेका छन् । उपयूक्त खास मागहरुलाई सम्बोधन गर्न परियोजना तयार रहेको बताइरहेको अवस्थामा अवरोध हुनु विकास विरोधी देखिने विज्ञहरु बताउँछन् । 

    परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने निजी क्षेत्रले आफ्नो धारणाहरु राखिसकेको छ । 

    नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ ।  

    उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ । 

    तर, विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौं।” उद्योगबाणिज्य महासंघसहितको सयूक्त विज्ञप्तिमा भनिएको छ।


    पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने बद्धबृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध हुन्छ । 


    पूर्वाधार निर्माणले विकास र समृद्धिः

    पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकास मार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुन्छ । 

    देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने उक्त योजना बन्नैपर्ने धारणा निजी क्षेत्रले बताइसकेको छ । 

    यस्तै केवलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहेको  बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनु हँदैन भनेर बाह्य हस्तक्षेप सहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई  विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको छ । 


    लगानीमैत्री वातावरण विथोलिने अवस्था

    नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गरेको छ । विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना भएको देखिन्छ । 

     

    समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्रले पनि अपिल गरेको छ । 


    नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिहरूले पनि हिजो छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।


    कोभिड महामारी लगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नै पर्दछ । 


    राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश नदििएको टिप्पणी जानकारहरुले बताइरहेका छन् । 


    व्यावसायिक ग्रुपको अगुवाईमा पाथीभरा केबलकार निर्माण

    देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाईमा यो योजना निर्माण हुन लागेको हो । 

    केबलकार आयोजनाका विरुद्धमा जेजस्ता क्रियाकलापहरु हाल देखिएका छन् त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने होइन भत्काउने 
     देखिन्छ ।  स्थानियको खास मागलाई सम्बोधन गर्दै आयोजना अघि बढाउनुपर्ने विज्ञहरुले पनि सुझाव दिएका छन् । विकास निर्माणमा अवरोधहरु चिरेर अघि बढ्नु सबैको साझा मुद्दा पनि हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार