images
images

निर्माण व्यवसायीको बक्यौता भुक्तानी भइरहेको गृहमन्त्रीको जिकिर, काम जारी राख्न निर्देशन

निर्माण व्यवसायीको बक्यौता भुक्तानी भइरहेको गृहमन्त्रीको जिकिर, काम जारी राख्न निर्देशन

मंगलवार, फागुन ६ २०८१
मंगलवार, फागुन ६ २०८१
  • images
    images
    निर्माण व्यवसायीको बक्यौता भुक्तानी भइरहेको गृहमन्त्रीको जिकिर, काम जारी राख्न निर्देशन
    images
    images

    काठमाडौँ / गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । 

    हेटौँडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्नेगरी अघि बढेको बताए । 

    सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ छ । 

    सरकारले व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढिरहेको गृहमन्त्री लेखकले बताए । 

    यस्तै, उनले देश विकास निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै उनले अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भुमिका रहेको बताए । 

    उनले भने, “निर्माण व्यवसायिको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरू सरकारले भुक्तानी दिन सुरू गरेको छ । तपाईहरू आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु ।”

    निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताए । निर्माण व्यवसायीहरूले राज्यको लगानीलाई प्रतिफल योग्य रूपमा अघि बढाउने गरी समयसीमा भित्रै गुणस्तरीय काम गर्नुपर्ने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार