आज विक्रम संवत २०८१ साल फाल्गुन ७ गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी १९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । सप्तमी तिथि, अहोरात्र । स्वाती नक्षत्र, ४ घडी ३० पला, बिहान ८ बजेर २८ मिनेट उप्रान्त विशाखा । योग–वृद्धि, ५ घडी ५५ पला, बिहान ९ बजेर २ मिनेट उप्रान्त ध्रुव । भद्रा करण, बेलुकी ५ बजेर ५५ मिनेट उप्रान्त बव । चन्द्रराशि–तुला। तपाईँको आजको दिन कस्तो रहेको छ ? हेर्नुस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायमा सोचेजस्तो आम्दानी नहुन सक्छ । साझेदारीमा गरिएको लगानीमा विवाद उत्पन्न हुनसक्छ, ध्यान दिनुहोला । कार्य क्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन् । व्यवासायिक यात्रा हुने भएपनि अनावश्यक खर्च बढ्नेछ । यद्यपि, प्रतीक्षा गरिएको काम बन्नेछ भने मनग्य धन लाभको योग छ । भौतिक साधन प्राप्तिको योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ला । यद्यपि, नतिजा तपाईँकै पक्षमा आउनेछ । रचनात्मक कार्यमा मन लाग्नेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। सानो प्रयत्नले राम्रै अवसर दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । मेहनतले राम्रो उपलब्धि दिलाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम पाउने र मनग्य आम्दानी हुने योग छ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा लिन सकिनेछ । अवसर प्राप्त भए पनि चुनौतिपूर्ण समय छ । तत्काल फाइदा लिँदा अरुलाई लाभांश बाँड्नुपर्ला । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्त्वपूर्ण समय अरुको काममा बिताउनुपर्दा आफ्नो काम रोकिनेछ । दोहोर्याएर गरिएको काममा सफलता मिल्नेछ । यद्यपि, कृषि तथा पशुपालन व्यवसायमा गरिएको लगानीबाट भने मनग्गे आम्दानी हुनेछ । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । नियमित काम बन्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोबलमा वृद्धि हुनेछ। रुचिको कार्यमा मन लाग्नेछ। प्रतिस्पर्धा गर्नुपरे पनि मेहनतले उपलब्धि हात पर्नेछ । सानो प्रयत्नले महत्त्वपूर्ण फाइदा लिन सकिनेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । नयाँ अवसरले फाइदा दिलाउनेछ । श्रम गर्नुपरे पनि आँटेको काम सम्पादन हुने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तहरूको साथ र सहयोग मिल्ने समय छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । समयमै काम सम्पन्न हुँदा उत्साह बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ भने आम्दानीको स्रोत बढ्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। विभिन्न अवसरले पछ्याउनेछ । आँटेको काम समयमै बन्नेछ । विशेष उपहार प्राप्तिको योग रहेको छ । नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले प्रतिष्ठा, मान–सम्मान प्राप्त हुने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। सुन्दर र विलासी वस्तुको प्रयोगले अरुलाई आकर्षण गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धीहरूलाई जित्न सकिनेछ । वैदेशिक रोजगारबाट लाभप्राप्त हुनेछ। तयारीबिना नै महत्त्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ। सवारी साधनमा धन खर्चका योग छन्। खर्च बढ्दा आर्थिक सङ्कटको अवस्था आउला । सम्झौता नवीकरण नगर्दा लाभांश गुम्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित धन तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ । आर्थिक दृष्टिले समय राम्रो छ । रोकिएको काम बन्ने योग छ । सेयर बजार, व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । विशिष्ट व्यक्तिहरूको सहयोगले नयाँ कामको अवसर छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गरिएको कामबाट मनग्गे लाभ लिन सकिनेछ । मेहनतले प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नोकरी वा पेशामा इच्छाशक्तिले बिग्रेका काम बनाउन सकिनेछ । धैर्य र पराक्रममा वृद्धि हुनेछ। दिगो फाइदाका लागि काम सुरु गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। भाग्यले विभिन्न अवसर दिलाउने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सञ्चित धन बृद्धि हुनेछ । निर्णयात्मक कार्य गर्दा हतार नगर्नुहोला । सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। तपाईँको कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। अरुको कामको लागि समय खर्च गर्नुपर्ला । कडा परिश्रम गर्नुपरे पनि कामको उचित मूल्याङ्कन हुनेछैन । यद्यपि, धनधान्य तथा सुखमा बृद्धि हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानातिना घरेलु कामले अल्झाउन सक्छ। लेनदेनमा विवाद हुनसक्छ । आज व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ ।