images
images

रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा
    images
    images

    नेपालगञ्ज / पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै  (GABHAR VALLEY) गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो । 

    यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए । 

    कार्यक्रमका नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, जिल्लाका प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल, नेपाल प्रहरी (जनपथ) , प्रहरी उपरीक्षक तुलबिक्रम कार्की, शसस्त्र प्रहरी बल का प्रहरी उपरीक्षक शोभाकान्त खनालकोसमेत उपस्थिति थियो । 

    कार्यक्रममको झण्डोत्तोलन प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख प्रशान्त बिष्ट बाट भएको थियो । यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौँबाट सहभागी भएकी थिइन् । 

    साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए। नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए । 

    त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे । यात्राले न केवल मोटरसाइकल पर्यटनलाई प्रवर्द्धन गर्यो, बरु स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गर्यो ।

    यात्राको थप आकर्षण थियो रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । 

    कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरीयो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्द लाई सम्मान प्रदान गरिएको थियो ।

    उक्त भव्य महा–राइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार