चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदिको पुलबाट हामफालेका ब्यक्तिको सशस्त्र प्रहरीले फागुन ९ गते सकुशल उद्धार गरेको छ ।
सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदिमा हामफालेको अवस्थामा नं १७ गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको हो ।