images
images

उद्योग परिसंघ र पीआरआर्ईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने

उद्योग परिसंघ र पीआरआर्ईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    उद्योग परिसंघ र पीआरआर्ईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने
    images
    images

    नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । 

    नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।

    परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितीमा विहिबार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानकातर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्मा र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । 

    सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।  

    उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । 

    परिसंघले ‘रिसर्च सेल’ स्थापना गरी कुनै पनि नीतिगत सुझाव दिदाँ अनुसन्धानमा आधारित रहेर दिदै आएको छ । 
    प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए । 

    उनले प्रतिष्ठानले अनुसन्धानमा आधारित रहरै सरकारलाई सुझाव दिदै आएकाले परिसंघसँगको सहकार्यले यस कार्यलाई थप बलियो एवं प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।


    सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा. दिपक कुमार खड्कालगायत सहभागी  थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार