काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् ।
आइतवार संघीय ससद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, “ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरूको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन । भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।”
उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिकर्मीहरूले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।