images
images

सेयर बजार परिसूचक २७५१ बिन्दुमा झर्दा ८ अर्बको कारोबार, कसले कति गुमाए ?

सेयर बजार परिसूचक २७५१ बिन्दुमा झर्दा ८ अर्बको कारोबार, कसले कति गुमाए ?

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    सेयर बजार परिसूचक २७५१ बिन्दुमा झर्दा ८ अर्बको कारोबार, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / सोमबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक २०.६८ अङ्कले घटेर २७५१.४२ बिन्दुमा झरेको छ हो । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । यसअघि १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सोमबार ४४ ओटा कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी १९१ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रह्यो । 

    कारोबार अवधिभर ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री भएको छ । 
    आज बजार पुँजीकरण रकम समेत घटेर ४५ खर्ब ६८ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ । मंगलबार अन्य समूहको सूचक ०.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । 

    यो दिन सर्वाधिक बढी म्युचुल फण्डको परिसूचक ३.०६ प्रतिशतले घटेको छ भने व्यापारिक समूह १.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशत, लगानी समूह १.५१ प्रतिशत, हाइड्रोपावर १.१६ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ उपसूह ०.४४ प्रतिशत, विकास बैंक ०.७३ प्रतिशत, वित्त ०.७० प्रतिशत, जीवन बिमा ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.७० प्रतिशत, लघुवित्त ०.६४ प्रतिशत र निर्जीबन बिमा ०.६८ प्रतिशतले घटेको छ । 

    सोमबार सबैभन्दा बढी नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २४३६ रुपैयाँ पुगेको छ । 

    यसैगरी, ८.७३ प्रतिशतले मूल्य बढेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता २००० रुपैयाँ पुगेको छ । 
    यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्य ८.५३ प्रतिशतले बढेर प्रतिकित्ता ३५०० रुपैयाँ पुगेको छ । 
    आज सर्वाधिक बढी गुमाउनेमा उपकार लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९१ रुपैयाँले घटेर ३८७६ रुपैयाँमा झरेको छ । 

    आज सर्वाधिक बढी नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३०० रुपैयाँ कायम भएको छ । यो कम्पनीको सेयर ७३ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । 

    त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख ७७ हजार रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०५८ रुपैयाँ कायम भएको छ । 

    एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख ४५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०३ रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार