images
images

नेप्से परिसूचक उच्च अङ्कले घट्दा विकास बैंकमा आकर्षण, ८ अर्बको कारोबार

नेप्से परिसूचक उच्च अङ्कले घट्दा विकास बैंकमा आकर्षण, ८ अर्बको कारोबार

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    नेप्से परिसूचक उच्च अङ्कले घट्दा विकास बैंकमा आकर्षण, ८ अर्बको कारोबार
    images
    images

    काठमाडौँ / मङ्गलबार पनि सेयर बजार ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक ३२.२१ अङ्कले घटेर २७१९.२० बिन्दुमा झरेको छ हो । 

    images
    images

    नेप्से परिसूचकमा उच्च गिरावट आए पनि आज कारोबार रकम सामान्य बढेको छ । बजारमा सोमबार ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।  

    सोमबार ३३ ओटा कम्पनीको मात्रै मूल्य बढेको छ भने २०८ कम्पनीको घटेको छ । २ कम्पनीको मात्रै मूल्य स्थिर रह्यो । 

    कारोबार अवधिभर ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । आज बजार पुँजीकरण रकम समेत घटेर ४५ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।

    मंगलबार विकास बैंक समूहको सूचक १.९३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । 

    यो दिन सर्वाधिक बढी उत्पादन तथा प्रशोधन समूहको सूचक २.४९ प्रतिशतले घटेको छ भने व्यापार समूह १.७९ प्रतिशत, अन्य १.६८ प्रतिशत, जीवन बिमा १.३० प्रतिशत, लगानी १.८९ प्रतिशत, हाइड्रोपावर १.५१ प्रतिशत र वित्त १.५७ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ समूह ०.६९ प्रतिशत, लघुवित्त ०.८९ प्रतिशत, म्युचुअल फण्ड ०.१० प्रतिशत र निर्जीबन बिमा ०.९९ प्रतिशतले घटेको छ । 
    मंगलबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको  सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४४६.४० रुपैयाँ पुगेको छ । 

    यसैगरी, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.८० प्रतितले बढेर प्रतिकित्ता ३८०८ रुपैयाँ 

    आज सर्वाधिक बढी गुमाउनेमा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीको मूल्य ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता २२७३ रुपैयाँ कायम छ । यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३६ प्रतिशतले घटेर १७४८ रुपैयाँमा झरेको छ । 

    मंगलबार सर्वाधिक बढी हिमालयन पुनर्बिमा कम्पनीको सेयर खरिद बिक्री भएको छ । यो कम्पनीको ५८ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बजार बन्द हुने समयसम्म मूल्य प्रतिकित्ता १०१८ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको ५३ करोड ३६ लाख ८५ हजार रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२८० रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख १७ हजार रुपैयाँ कायम भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३७ करोड २८ लाख ४६ हजार बराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९८.१० रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार