images
images

अमेरिकी डलर, युरो, युके पाउन्ड स्टर्लिङलगायतको भाउ घट्यो, कुनको कति ?

अमेरिकी डलर, युरो, युके पाउन्ड स्टर्लिङलगायतको भाउ घट्यो, कुनको कति ?

images
बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • अमेरिकी डलर, युरो, युके पाउन्ड स्टर्लिङलगायतको भाउ घट्यो, कुनको कति ?
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ ।  बैङ्कका अनुसार  अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

    बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम भएको छ।

    साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १७ पैसा र बिक्रीदर २० रुपैयाँ २६ पैसा तोकिएको छ ।

    त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६० रुपैयाँ ०८ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार