images
images

अमेरिकी डलरको भाउ सस्तो हुँदा अन्य मुद्राको कति तोकियो ? हेर्नुस् विनिमय दर

अमेरिकी डलरको भाउ सस्तो हुँदा अन्य मुद्राको कति तोकियो ? हेर्नुस् विनिमय दर

images
मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • अमेरिकी डलरको भाउ सस्तो हुँदा अन्य मुद्राको कति तोकियो ? हेर्नुस् विनिमय दर
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
     
    यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
     
    यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४ रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा निर्धारण भएको छ ।

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार