images
images

कलाकार कविता नेपालीले एभरेट र लोत्सेको आरोहण गर्ने, पञ्चकन्या समूहले गर्यो आर्थिक सहयोग

कलाकार कविता नेपालीले एभरेट र लोत्सेको आरोहण गर्ने, पञ्चकन्या समूहले गर्यो आर्थिक सहयोग

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • कलाकार कविता नेपालीले एभरेट र लोत्सेको आरोहण गर्ने, पञ्चकन्या समूहले गर्यो आर्थिक सहयोग
    images
    images
    images
    images

    काठमाडौँ / पञ्चकन्या समूहले कविता नेपालीलाई एभरेट र लोत्सेको आरोहण गर्न आर्थिक सहयोग गरेको छ । साहसिक कार्य गर्ने प्रयासलाई सशक्त बनाउने आफ्नो अटुट प्रतिबद्धताको एक हिस्साको रूपमा समूहले कलाकार नेपालीलाई सहयोग गरेको हो । 
    उनले चैत ३० गतेदेखि महत्वाकांक्षी एभरेस्ट र लोत्से हिमालको आरोहण सुरु गर्ने भएकी छन् ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) पहल अन्तर्गत पञ्चकन्या समूहले नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग गरेको छ । 

    यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई उहाको बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले बताएका छन् । 

    सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई शिरोपर गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।

    यो साझेदारीले पञ्चकन्या समुहले लामो समयदेखि विभिन्न विशिष्ट क्षेत्रहरुमा नयाँ उचाइ चुम्न प्रयासरत नेपाली महिलाहरूलाई सहयोग गर्ने परम्पराको  निरन्तरता रहेको छ । 

    यस समुहले सन् २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने सेभेन समिट्स महिला टोलीको समूहलाई आफनो कम्पनी सुरुवात भएको ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर सो हिमालको चुचुरोमा पुर्याएको थियो । 

    सोही सिलशिलामा एभरेष्ट आरोहण गर्ने अठोट राखेका साहसी नेपाली महिला निशा अधिकारी, डाक्टर प्रिती भुसाल तथा व्यवसायिक पत्रकारिता गर्ने हिम्मतीला पाँच नेपाली महिला पत्रकारहरूले पितृसत्तामक पुरातनवादी सोचलाई भत्काउँदै नेपाललाई विश्व मन्चमा प्रतिनिधित्व गर्दै नेपालको गौरव राख्न ठुलो भुमिका खेलेका छन् । 

    News.JPG

    अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमबिच घोषणा गरिएको यो प्रायोजनले आर्थिक सहयोग भन्दा पनि अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा पञ्चकन्या समूहको विश्वासलाई मूर्त रूप दिनेमा कुनै शंका नभएको कम्पनीले विश्वास रहेको छ । 

    यस कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व रणनीति मुख्य गरी पाँच क्षेत्रहरूमा केन्द्रित रहेको छ । त्यसमा शिक्षा, वातावरण, महिला सशक्तिकरण, स्वास्थ्य र सरसफाई तथा सिप विकास गरी नैतिक, समावेशी, र दिगो विकासप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ ।

    “कविताको यात्रा आरोहणभन्दा धेरै संसारभरिका साहसी मानिसहरुलाई लागि सन्देश हो”, पञ्चकन्याका समूहको प्रवक्ताले भने, “हामीले उनलाई सहयोग र समर्थन गर्न पाउँदा गर्व गर्छौँ किनकि उनले नेपालको कथा र भावनालाई विश्वको शीर्ष उचाइमा पुर्याउदैँछिन् ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com