आज विक्रम संवत २०८१ साल चैत्र २७ गते, बुधबार, तदनुसार ईश्वी सन् २०२५ अप्रिल ९ तारिख, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष द्वादशी तिथी, मघा नक्षत्र, आनन्दादिमा–चर योग, चन्द्रराशि–सिंह ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगनशीलता लक्ष्य प्राप्त गर्न सकिनेछ । बैंक, वित्त र सेयर बजारमा गरेको लगानीले मनग्य फाइदा दिलाउनेछ । कीर्तिमानी काम सम्पादन गर्ने योग छ । आँटेको काम समयमै बन्दा आर्थिक पक्ष सबल बन्नेछ भने नयाँ कामको अवसर मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि लाभ हुनेछ भने व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सौख र विलासिताले खर्च बढाउनेछ । पहिले गरेका समझदारीहरू तोडिन सक्छ । तत्कालको फाइदाको लोभमा पर्दा भविष्यका लागि भने घाटा हुनसक्छ । यद्यपि, कृषि, पशुपालन तथा भूमिसम्बन्धी कारोबारबाट लाभ लिन सकिनेछ । आफन्तहरूको सहयोगले महत्वाकांक्षी काम सम्पादन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला, साहित्य र मनोरञ्जनको क्षेत्रबाट लाभ लिन सकिनेछ । उद्योग, व्यापार व्यवासय तथा सेयर बजारमा लगानी बढाएर आम्दानी पनि बृद्धि गर्न सकिनेछ । यात्राको सम्भावना छ भने विशेष उपहार प्राप्त गर्ने समय छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । चुनौतिका बावजुद आज कीर्तिमानी काम बन्न सक्छ । प्रतिस्पर्धीहरूलाई लाभंश बाड्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य र मनोरञ्जनको क्षेत्रमा गरिएको लगानीबाट मनग्य फाइदा लिन सकिनेछ । बोलीको प्रभाव बढ्नेछ । बोलीको भरमा महत्त्वपूर्ण काम सम्पादन गरी लाभ लिन सकिनेछ । आयआर्जनको स्रोत बृद्धि हुनेछ । भौतिक साधन जोड्न सकिनेछ । भविष्यमा फाइदा हुने काममा सम्झौता होला । लगनशीलता मान सम्मान दिलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ रोजगारी प्राप्त हुने अवसर छ भने रोजगारीको क्षेत्रमा हुनेहरू आज बढुवा हुनसक्छन् । नयाँ कामको प्रसताव आउनेछ । आज भाग्यले साथ दिने समय हो राजनीति र सामाजिक क्षेत्रमा मान प्रतिष्ठा कमाउन सकिनेछ । प्रविधिको प्रयोग गर्दा व्यापार व्यवसाय फस्टाएर जानेछ । विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ । आँटेको काम बन्दा हौसला मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सौख र विलासिताले खर्च बढाउनेछ । विदेशी सामानको व्यापार, विदेशमा रहेर काम गर्ने र विदेशी क्षेत्रसँग सम्बन्धित काम गर्नेहरूले फाइदा लिन सक्नेछन् । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाउनेछ । सेयर बजारमा गरिएको लगानीले पनि फाइदा दिलाउनेछ । दिगो फाइदा हुने काम बन्नेछ भने नयाँ योजनामा लगानी गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसाय फस्टाउने समय छ । योजना बनाएर सुरु गरिएको काममा सफलता मिल्नेछ । आयआर्जनको स्रोत बढ्नेछ । आम्दानी बढ्ने भएको भौतिक सम्पत्ति जोड्न सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ भने खनिज पदार्थ तथा तरल पदार्थको व्यवसायबाट लाभ लिन सकिनेछ । मेहनतले लक्ष्य प्राप्त हुनेछ । दिगो फाइदा हुने काम बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कीर्तिमानी काम सम्पादन गरी अरुको विश्वास जित्न सकिनेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुँदा महत्वकांक्षी लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ । रोजगारीको अवसर छ भने पुरानाको पदोन्नति हुने सम्भावना छ । व्यापार व्यवसायबाट मनग्य फाइदा हुने भएको आर्थिक पक्ष सबल बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । पुरस्कार तथा उपहार प्राप्त गर्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जको बाटो फराकिलो हुने भए पनि आज काम बिग्रने भयले सताउन सक्छ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । तपाईँले गरेको कामले प्रशंसा बटुल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ । उपलब्धिमूलक काम बन्दा हौसला बढ्नेछ । यात्राको सम्भावना रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा साझेदारसँग विवाद बढ्नसक्छ । गोपनीयता बाहिरिन सक्छ । आफ्नो कामजोरीको फाइदा अरुले उठान सक्छन्, सचेत हुनुहोला । एउटै काम दोहोर्याएर गर्नुपर्ला । व्यापार व्यवसायमा आज गरिने लगानीले फाइदा नदिन सक्छ । गरिएको कामबाट भने फाइदा मिल्ने योग छ । नसोचेको धन सम्पत्ति हात पर्नेछ । आम्दानीका स्रोत बृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष सबल रहनेछ । मन परेको मान्छेबाट उपहार प्राप्त हुने समय छ । भौतिक तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । रमाइलो यात्रा हुनसक्छ । नयाँ काम सुरु गरी आम्दानी बढाउन सकिनेछ । तारिफयोग्य काम सम्पादन हुनेछ । सौख र विलासितामा फजुल खर्च बढे पनि आम्दानी भने भइरहनेछ । परिवार तथा आफन्तको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा कडा सङ्घर्षपछि काम बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार व्यवसायबाट फाइदा मिल्नेछ भने प्रयत्न गर्दा चिताएको काम बन्नेछ । भौतिक साधन जुट्ने भएकोले भविष्यमा फाइदा हुने काम सुरु गर्न सकिनेछ । निर्माण, खाद्य तथा गहनाको व्यापार व्यवसाय फस्टाउनेछ भने वित्तीय तथा पुँजीबजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ ।