काठमाडौँ / विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो लोकप्रिय वाई-सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई-२९ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन, विगतमा अत्यन्तै सफल रहेको भिभो वाई-२८ को उत्तराधिकारीको रूपमा आएको हो ।
भिभो वाई-२९ केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो । प्रारम्भिक जानकारी अनुसार, आकर्षक मेटालिक हाइ-ग्लोस फ्रेम मा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ ।
यस फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको ६५०० एमएएच पावरफुल ब्याट्री हो, जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधा छ । एन्टी-ड्रप अर्मोर डिजाइन र स्कट ए ग्लासको प्रयोगले यसलाई अल्ट्रा-रिलायबल डिभाइस बनाएको छ ।
प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८ + ८ जि बी को विस्तारित ¥यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टीटास्किङ र ल्याग फ्री पर्फमेन्सको लागी सक्षम बनाउँछ ।
मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि, यो डिभाइस एक सम्पूर्ण प्याकेज हो । यसमा ५० एमपी मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० प्रतिशत अडियो बुस्टसहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू छन् - जसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन् ।
नयाँ पुस्ताका प्रयोगकर्ताहरूको सबै आवश्यकतालाई ध्यानमा राख्दै, भिभो वाई-२९ छिट्टै नेपाली बजारमा आगमन गर्न लागेको छ । यसपटक अझ धेरै शक्ति, स्मार्ट फिचरहरूसहित आउने कम्पनीको दावी छ ।