आज विक्रम संवत २०८१ साल चैत्र ३१ गते, आइतबार, ईश्वी सन् २०२५ अप्रिल १३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैसाख कृष्णपक्ष, प्रतिपदा तिथी, अहोरात्र, चित्रा नक्षत्र, आनन्दादिमा–पद्य योग, चन्द्रराशि–कन्या ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयआर्जको स्रोत बृद्धि हुनेछ । विभिन्न उपहार प्राप्त होला । उपलब्धिमूलक रमाइलो यात्रा हुनेछ । परिवार र सहयोगीहरूको साथले रोकिएको काम बन्नेछ । पर्यटन तथा होटल व्यवसायबाट मनग्य फाइदा लिन सकिनेछ भने व्यापार व्यवसाय समेत फस्टाउनेछ । भौतिक साधन जुट्नेछ । भविष्यमा फाइदा दिलाउने काम सुरु होला । सौखले खर्च बढाउन सक्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसाय तथा आर्थिक आम्दानी बढ्ने समय छ । चुनौति पन्छाएर लक्ष्य प्राप्त गर्न सकिनेछ । महत्वाकांक्षी योजना गोप्य नै राख्नुहोला । प्रतिस्पर्धामा विजयी भइनेछ । खाद्यान्न, अटोमोवाल्इस, निर्माणसम्बन्धी व्यापार व्यवसायबाट आम्दानी बृद्धि गर्न सकिनेछ । हिम्मतले काम गर्ने हो भने कीर्तिमानी काम सम्पादन गर्नसकिनेछ । सौख पूरा गर्दा खर्च बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदाको स्रोत हात पर्नेछ । प्रतिष्ठित काम सम्पादन हुने हुँदा चौतर्फी प्रशंसा बढ्नेछ । सेवामूलक काम कामबाट राम्रो नतिजा हात पर्नेछ । भविष्यमा फाइदा हुने काम प्रारमभ होला । मेहनतले प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा तारिफयोग्य काम सम्मन हुने हुँदा अरु प्रभावित हुनेछ । व्यापार व्यवसाय फस्टाउने हुँदा मनग्य लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुपालन क्षेत्रमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनसक्छ भने पर्यटन व्यवसायबाट पनि लाभ लिन सकिनेछ । शुभचिन्तक र आफन्तको सहयोगले चुनौतीपूर्ण काम सम्पादन हुनेछ । अरुको काममा महत्त्वपूर्ण समय बित्दा अवसरको सदुपयोग गर्न नसकिएला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । दिगो फाइदा हुने क्षेत्रमा लगानी गर्नुअघि सोचविचार गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हिम्मत गर्दा नसोचेको काम बन्न सक्छ । स्रोत साधन जुट्ने हुँदा प्रतिफल प्राप्त हुने काम बन्नेछ । गोपनीयतामा भंग हुनसक्छ,सचेत हुनुहोला । सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्ने भए पनि आजको समय निकै खर्चिलो छ । सानो प्रयत्ले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । तारिफयोग्य सम्पादन बढ्नेछ । खर्चसँगै आज आम्दानी पनि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम सम्पादन हुनसक्छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । व्यापार व्यवसाय फस्टाउने हुँदा आर्थिक पक्ष सबल बन्नेछ । पर्यटन, कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुनेहरूले मनग्य आम्दानी गर्न सक्नेछन् । सञ्चित धनको उपयोग गरी आम्दानी बृद्धि गर्न सकिनेछ । नयाँ योजना कार्यान्वयन गर्न भने अझै केही समय पर्खदा राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त हुने भए पनि आलस्य गर्ने बानीले पछि परिनेछ । सौख र विलासी वस्तुको प्रयोग गर्दा खर्च बढ्न सक्छ । नयाँ काम गरी आम्दानी बृद्धि गर्न सकिनेछ । पहिले गरेका कामबाट राम्रै प्रतिफल मिल्ने भए पनि आज गरिने काममा अलमल हुनसक्छ । सुख सुविधामा कमी आउन सक्छ । यद्यपि, मेहनत गरेमा प्रतिष्ठित काम बन्ने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले गरेका लगानीबाट लाभ लिन सकिनेछ । आज खर्च बढ्ने योग छ भने आर्थिक प्रलोभनमा पारेर फाइदा लिनेहरू सक्रिय हुनेछन्, सचेत हुनुहोला । उपलब्धिमूलक यात्राको प्रारम्भ होला । भौतिक सम्पत्ति हराउन सक्छ, यात्रा र हुलमुलमा ध्यान दिनुहोला । विदेशी सामान, शैक्षिक तथा निर्माण सामग्रीको व्यापार व्यवसाय फस्टाउनेछ । पर्यटन व्यवसायीहरूका लागि आजको समय राम्रो रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा अभिभावकको सहयोगले आम्दानी बृद्धि गर्न सकिनेछ । प्रयत्न गर्दा आयआर्जनको स्रोत बढ्नेछ । कारोबारमा रोकिएको रकम आज हात पर्नेछ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाउने भए पनि सरसापटमा धन बाहिरिन सक्छ । पैतृक तथा भौतिक सम्पत्तिको प्रयोगले आम्दानी बृद्धि हुनेछ । मेहनतको प्रतिफल हात पर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुपालनबाट लाभ लिन सकिनेछ । विभिन्न उपहार प्राप्त होला । आज गरिएका कामको उचित प्रतिफल पाइनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिक्षित नतिजा हात पर्नेछ । भाग्यले प्रतिष्ठित काम सम्पादन गर्ने अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नाम र दाम कमाउने समय छ । व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ, भने भूमि, वाहन र पैतृक सम्पत्तिको उपयोगले आयस्रोत बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुका लागि समय, श्रम र बौद्धिकता खर्च गर्नूपर्ला । तपाईँको कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । वैदेशिक रोजगारीबाट लाभ लिन सकिनेछ । शैक्षिक, सेयरबजार, खाद्यान्न क्षेत्रमा गरिएको लगानीबाट आम्दानी बृद्धि गर्न सकिन्छ । सहयोगीहरूको साथ पाइने हुँदा नाम, दाम र इनाम प्राप्त हुने काम सम्पादन हुनेछ । मनोरञ्जनको क्षेत्रमा पनि फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय मध्यम रहेको छ । आलोचना गर्नेहरू सक्रिय हुनेछन् । सानातिना समस्यामा महत्त्वपूर्ण समय बित्न सक्छ । अरुको काममा समय बित्दा प्राप्त अवसर पनि गुम्नेछ । हल्ला र अनुमानको पछि लाग्नु भन्दा सत्य बुझ्नु राम्रो हुनेछ । अनावश्यक यात्रा र खर्च बढ्ने योग छ । काम बिग्रने भयले सताउनेछ । परिश्रमको उचित प्रतिफल प्राप्त नहुनसक्छ । आर्थिक कारोबारमा विवाद हुनसक्छ ।