images
images

चार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

चार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

आइतवार, चैत ३१ २०८१
आइतवार, चैत ३१ २०८१
  • चार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य
    images
    images
    images
    images

    काठमाडौँ / चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रूपमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ आयोजना गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो । 

    नगरकोटको बतासे डाँडामा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले आगामी वैशाख १ गते भ्रमण वर्षको उद्घाटन गर्ने बताइको छ । भ्रमण वर्ष १ वर्षभरि चल्ने र सो क्रममा १ लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ । 

    नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचार प्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा नगरकोट भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धकको रूपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् । 

    भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाईवाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, शंखरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल र चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ । 

    नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको बताइएको छ । नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, भेषभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्र्दै होमस्टेहरूको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने आयोजकको भनाइ छ । 

    चाँगुनारायण नगरपालिका नगरप्रमुख जीवन खत्रीले देशकै पर्यटकीय क्षेत्रमा टेवा पुर्याउने लक्ष्यका साथ नगरकोट भ्रमण वर्ष आयोजना गरिएको बताए । भ्रमण वर्षलाई वर्षभरी नै महाउत्सवको रूपमा लिएर जाने आफूहरूको संकल्प रहेको पनि उनले बताए । ‘हामीले नेपाल सरकारलाई सहयोग गर्ने, साथ दिने, नगरकोट भ्रमण वर्षमार्फत नेपालमा विदेशी पर्यटकहरू भित्र्याउने उद्देश्यले पनि हामीले संयुक्त रूपमा आयोजना गरेका छौं,’– उनले भने । 

    नगरकोट तीन वटा जिल्ला र चार वटा नगरपालिकाको सीमाना क्षेत्र रहेकाले ती क्षेत्रका प्रकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका वस्तुहरूको प्रचार प्रसार र उजागर गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको पनि उनले बताए । 

    क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले भ्रमण वर्षको सफलताको शुभकामना दिँदै आन्तरिक तथा बाहृय पर्यटकहरूको सुविधाको लागि पनि ध्यान दिन सुझाव दिएका छन् । नगरकोट जाने बाटो आगामी ६ महिनाभित्र सम्पन्न गराउनपनि सम्बन्धित जनप्रतिनिधिहरूलाई धमलाको सुझाव छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com