Logo
शुक्रवार, कार्तिक ५ गते २०७८
images
कार्तिक ५ गते २०७८
images
images

सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन, कुनकुन ठाउँमा खुल्यो ? 


२०७७ पौष, २१ मंगलवार
  • 1.3K
    SHARES

  • सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन, कुनकुन ठाउँमा खुल्यो ? 

    काठमाडौं/  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यहि २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गर्यो । 

    images

    बंैकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाण्डौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट उद्घाटन गरेको हो । 

    यस्तै, काठमाण्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेबाट र काठमाण्डौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन बैंकका उच्च पदाधिकारीको उपस्थिति थियो । 

    यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ । 
    सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

    चालु आवको असोज मसान्त सम्म यस बैंकले कुल निक्षेप रm ८२.४२ अर्व र कर्जा रकम रm ६६.९३ अर्व परिचालन गरी रm २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 

     

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images