जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

अर्थ डबली
बिहिवार, माघ २२ २०७७
अर्थ डबली
बिहिवार, माघ २२ २०७७ (अर्काइभ बाट)
  • जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

    काठमाडौँ / टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।

    images
    images

    टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । 

    यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।

    हामी नेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बामोटर्स टिभीसँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं । हामीले यस अभियानभरि नै उत्साहजनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् । 

    हामी आगामी  दिनमा टिभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं,” एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसी भन्छन् ।

    हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साह प्रदान गर्न टिभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रति आभारी रहेको छौं ।

    हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं । हामी यो अभियानमा सहभागी भएर यसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं, जगदम्बामोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले भने ।”

     

    साताको लोकप्रीय