सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बृद्धि, यस्तो छ बैंकको वित्तीय अवस्था

सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बृद्धि, यस्तो छ बैंकको वित्तीय अवस्था

अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८
अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८ (अर्काइभ बाट)
  • सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बृद्धि, यस्तो छ बैंकको वित्तीय अवस्था

    काठमाडौँ/  सिद्धार्थ बैंक लिमिटेडको चालू आर्थिक बर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । 

    images
    images

    उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा बैंकले ५४.१२ प्रतिशतले नाफा बृद्धि गरेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमासमा १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा गरेको बैंकले चालू आर्थिक बर्षको सोही अवधिमा भने २ अर्ब ६ करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको हो ।
     
    बैंकको खुद ब्याज आम्दानी रकम भने अघिल्लो आर्थिक बर्षको तुलनामा समीक्षा अवधिमा घटेको छ । अघिल्लो बर्षको चैत मसान्तमा बैंकको खुद ब्याज आम्दानी रकम ४ अर्ब १८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको थियो भने चालू आवको सोही अवधिमा ३ अर्ब ९३ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 


    अन्य सञ्चालन आम्दानी रकम बृद्धि हुँदा बैंकको खुद नाफा बृद्धि भएको देखिन्छ । गत आर्थिक बर्षको चैत मसान्तमा १६ करोड ११ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको बैंकले समीक्षा अवधिमा भने यो रकममा बृद्धि गरी ५४ करोड ३४ लाख ७३ हजार रुपैयाँ पुर्याएको छ । 

    साथै बैंकको सञ्चालन मुनाफा रकममा पनि बृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा १ अर्ब ९७ करोड ९३ लाख ५३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले समीक्षा अवधिमा भने यो रकममा ५०.७५ प्रतिशतले बृद्धि गरी २ अर्ब ९८ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । 

    यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा रकम भने ८३ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । 
    बैंकले गत आवको तेस्रो त्रैमासमा एक खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर १ खर्ब २३ अर्ब ५७ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

    समीक्षा अवधिमा भने बैंक निक्षेप सङ्कलन र कर्जा प्रवाह दुबै रकममा बृद्धि गर्न सफल भएको छ । यस अवधिमा बैंकले १ खर्ब ७२ अर्ब ३१ करोड १८ लाख ९१ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर १ खर्ब ५३ अर्ब ५ करोड ५३ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको हो । 

    सिद्धार्थ बैंकको सञ्चित कोष रकम भने समक्षा अवधिमा ९२ करोड ७८ लाख १३ हजार रुपैयाँ रहेको छ भने बैंकले जगेडा कोष रकम भने उल्लेख्य मात्रामा बृद्धि गरेको छ । गत आवको तेस्रो त्रैमासमा ४ अर्ब ९७ करोड ७५ लाख १५ हजार रुपैयाँ जगेडा कोष रहेको बैंकको समीक्षा अवधिमा भने उक्त कोषमा ८ अर्ब ४ करोड ९४ लाख ९ हजार रुपैयाँ रहेको छ । 

    गत बर्षको तेस्रो त्रैमासमा ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिमा भने यो रकम बृद्धि भएर १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । 
    समीक्षा अवधिमा बैंकको बेस रेट ६.९९ प्रतिशत, स्प्रेड रेट ३.९० प्रतिशत, प्रतिशेयर आम्दानी २५.२८ र पूँजीकोष अनुपात १३.३७ प्रतिशत रहेको छ । 

    चैत मसान्तसम्ममा बैंकले खराब कर्जा भने १.३६ प्रतिशतले घटाएको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा २.२४ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा भने बैंकले ०.८८ प्रतिशतमा झारेको छ । 


    यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १.८१.८९ रुपैयाँ, मूल्य अनुपात १७.६० गुणा र तरलता अनुपात २४.७० प्रतिशत रहेको छ । 

     

    साताको लोकप्रीय