यी ८ चीजहरूले तपाईंको बर्बाद गर्न सक्छ तपाईको लिभर, कहिले पनि नगर्नुहोस् लापरवाही 

यी ८ चीजहरूले तपाईंको बर्बाद गर्न सक्छ तपाईको लिभर, कहिले पनि नगर्नुहोस् लापरवाही 

अर्थ डबली
शुक्रवार, बैशाख २४ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख २४ २०७८ (अर्काइभ बाट)
  • यी ८ चीजहरूले तपाईंको बर्बाद गर्न सक्छ तपाईको लिभर, कहिले पनि नगर्नुहोस् लापरवाही 

    स्वस्थ शरीरको लागि लिभर स्वस्थ हुनु महत्त्वपूर्ण छ। लिभर खराब भएपछि धेरै किसिमका रोगहरुको खतरा बढ्छ । 

    images
    images

    हामीले सेवन गर्ने खाना लिभर खराब गर्ने प्रमुख कारण हो । कुन चीजले हाम्रो लिभरलाई सबैभन्दा धेरै नोक्सान पुर्‍याउँछ जानौं।

    चिनी

    चिनी दाँतका लागि मात्रै खराब हैन यसले तपाईँको लिभरलाई पनि खराब गर्दछ । प्रशोधित चिनी धेरै सेवन गर्नाले फ्रक्टोजले तपाईंको मोटोपन बढाउछ ।

    जसले लिभरमा समस्या उत्पन्न गर्न सक्छ । केही अध्ययनका अनुसार, तपाईको तौल बढी नभए पनि चिनीले लिभरलाई रक्सीले जस्तै खराब गर्दछ । तपाई आफ्नो आहारमा चिनी, सोडा, पेस्ट्री र क्यान्डी सकेसम्म कम समावेश गर्नुहोस् । 

    हर्बल सप्लिमेन्ट

    केहि प्राकृतिक चीजहरूले तपाईंको लिभरलाई खराब गर्न सक्छ । जस्तै केही महिलाहरूले रजोनिवृत्तिमा आराम पाउनका लागि कावा जडिबुटी लिन्छन् तर अध्ययनका अनुसार यसले लिभरलाई ठीकसँग काम गर्नबाट रोक्दछ जसले हेपेटाइटिस र लिभरमा समस्या सिर्जना गर्दछ ।

    यसले लिभर फेल पनि हुनसक्छ । यस्ता केही जडिबुटीहरूमा प्रतिबन्ध लगाइएको छ। त्यस्तो जडिबुटी लिनु अघि डाक्टरसँग कुरा गर्नुहोस्।

    मोटोपन
    लिभरको कोषहरूमा बढेको फ्याटले गैरअल्कोहोलिक फ्याट लिभर रोगको जोखिम बढाउँछ। यसको कारणले लिभरमा सूजन बढ्छ। समयको साथ यसले कलेजोलाई कडा बनाउँदछ। यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने, तपाईंको उमेर ४० बर्षभन्दा बढी वा तपाईंको वजन बढी छ भने तपाईलाई गैर-अल्कोहोलिक फ्याटि लिवर रोगको खतरा बढी हुन्छ।

    भिटामिन ए सप्लिमेन्ट 

    तपाईंको शरीरलाई भिटामिन ‘ए’ धेरै आवश्यक छ। यसको सट्टामा रातो, सुन्तला वा पहेंलो रंगको फलहरू र तरकारीहरू समावेश गर्नुहोस् । यदि तपाईंले धेरै भिटामिन ए को सप्लिमेन्ट लिनुभयो भने यसले तपाईंको लिभरलाई असर गर्न सक्छ। भिटामिन ए सप्लीमेन्ट लिनुअघि तपाईको डाक्टरको सल्लाह लिनुहोस्।

    सफ्ट ड्रिन्क्स
    अधिक सफ्ट पेय पदार्थ पिउनेहरुलाई उच्च गैर अल्कोहोलिक फ्याट लिभरको समस्या हुने अध्ययनले पुष्टि गरेको छ । तपाईंको खानामा सोडाको प्रयोगलाई कम गर्नाले तपाईंको लिभर सुरक्षित रहन्छ। यसको सट्टा ताजा फलफूलको रस पिउनु उत्तम हुन्छ।

    एसिटामिनोफेन

    सामान्यतया टाउको दुख्ने, सर्दी ज्वरोमा मानिसहरु पेन किलर सेवन गर्छन् । तपाई कति मात्रामा पेन किलर सेवन गर्नुहुन्छ यसमा धेरै ध्यान दिनुहोस् । यी औषधिहरूमा एसिटामिनोफेन हुन्छ जसले कलेजोमा प्रभाव पार्दछ। एक दिनमा आवश्यकताभन्दा बढी सेवन गर्नाले यसले कलेजो बिगार्न सक्छ। त्यसकारण, औषधि कति डोज लिने भन्ने करा डाक्टरलाई सम्पर्क गर्नुहोस्।

    ट्रान्स फ्याट 

    केहि प्याकेज र बेक्ड फ्यूजले ट्रान्स फ्याट बढाउन काम गर्दछ। ट्रान्स फ्याटको कारण बढेको वजन लिभरको लागि राम्रो हुँदैन। कुनै प्रकारको खाना किन्नु अघि यसको सामग्रीहरूको इन्ग्रेडिएट लिस्टमा ध्यान दिनुहोस्।

    मद्यपान
    मद्यपान अत्याधिक सेवन गर्नाले लिभरमा प्रत्यक्ष असर गर्दछ । तपाई अधिक मद्यपान गर्नुहुन्छ भने तपाईलाई यसको लत लाग्नेछ । यदि तपाईं आफ्नो लिभर सुरक्षित राख्न चाहनुहुन्छ भने, रक्सीको सेवन कम गर्नुहोस्।

    साताको लोकप्रीय