रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

    काठमाडौँ / ग्राहक केन्द्रित भएर सेवा सुविधा प्रदान गर्दै आएको रिलायन्स लाइफले कोभिड १९ को विषम् परिस्थितिबीच व्यतित बीमालेखको बिलम्ब शुल्कमा छुट दिने भएको छ । 

    images
    images

    कम्पनीले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्त्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो । 

    कम्पनीले एक विज्ञप्ति जारी गर्दै बीमकले २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जानकारी दिएको हो । सो अवसरमा आफ्ना ग्राहकहरूलाई छुटको लाभ लिन कम्पनीले आग्रह गरेको छ । 

    रिलायन्स लाइफ इन्स्योरेन्स लिमिलटेडले आफ्नो व्यवसायिक कारोबार २०७४ मंसिर १ गतेदेखि ग्राहकहरुलाई आफ्नो योजनाहरूमार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेको छ ।

    ग्राहकहरूको निम्ति जीवनका विभिन्न  चरणमा आवश्यक पर्ने  बचत र सुरक्षा सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीले यसको अतिरिक्त ग्राहकहरूका निम्ति प्रतिस्पर्धी शुल्कमा नयाँ योजनाहरू, गुणस्तरीय सेवा, समसामयिक सेवा र झन्झट मुक्त दावी भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

    साताको लोकप्रीय