सेयर बजारको बदमासी खुलासा : बोर्डले निकाल्यो चलखेल गर्ने ५१ कम्पनीको लिस्ट

सेयर बजारको बदमासी खुलासा : बोर्डले निकाल्यो चलखेल गर्ने ५१ कम्पनीको लिस्ट

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • सेयर बजारको बदमासी खुलासा : बोर्डले निकाल्यो चलखेल गर्ने ५१ कम्पनीको लिस्ट

    काठमाडौं / शेयर बजारमा पछिल्लो समय अस्वभाविक रुपमा बजार ह्वात्तै बजार बढ्यो । कतिपय नामै नसुनिएका कम्पनीका शेयर मूल्यको बृद्धिदर अस्वभाविक बने ।

    images
    images

    बजारमा लगानीकर्ताहरु जता स्पिड बढ्यो त्यत्तै दौडिए । तर भित्री रहस्य कसैले बुझेनन् । आज नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामै तोकेर सार्वजनिक गरिदिएको छ । जुन कम्पनीका शेयरमूल्य अस्वभाविक रुपमा बढेर गएको छ । कतिपयका तथ्यांकहरु फरक परेको देखिन्छ ।

    बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

    ती ५१ कम्पनीहरुलाई  बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको आरोप लागेको छ । बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको   छ । 

     


    बोर्डका अनुसार यी हुन  चलखेल भएका ५१ कम्पनीहरु 

    share bazar.jpg

    share bazar2.jpg

    share 4.jpg

    साताको लोकप्रीय