गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी नेता हिसिला यमीलाई कारवाहीको माग

गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी नेता हिसिला यमीलाई कारवाहीको माग

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी नेता हिसिला यमीलाई कारवाहीको माग

    काठमाडौं / विश्व हिन्दू परिषद नेपालले गौतम बुद्धप्रति अभद्र टिप्पणी गर्नेलाई कारवाही गर्नुपर्ने माग राखेको छ । एक विज्ञप्ति जारी गर्दै यहि जेठ २८ गते पूर्व भौतिक योजना, पर्यटन तथा भूमी सुधार मन्त्री हिसिला यमीको  ट्विटर ह्यान्डल बाट नेपालीहरुको अराध्यदेव भगवान शिव एवम् भगवान गौतम बुद्ध विरुद्ध गरिएको अभद्र टिप्पणीप्रति  गम्भिर ध्यानाकर्षण भएको विश्व हिन्दू परिषद नेपालले जनाएको छ । 

    images
    images

    मन्त्री जस्तो गरिमामय पदमा आसन्न भैसकेको व्यक्तिले गरेको उक्त घृणित कार्यको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ, विज्ञप्तिमा भनिएको छ । 

    बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै पूर्व मन्त्रीद्वारा दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनी नेपालीहरूलाई मर्माहत बनाएको परिषद्ले भनेको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै छ।’

    hindu.JPG

    त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको  परिषद्को ठहर छ । 

    अराध्य देव भगवान शिव एवं भगवान गौतम बुद्ध बारे अभद्र टिप्पणी गर्ने विरुद्ध यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गरेको छ ।

    साथै सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपालीहरुमा अपिल गरेको छ । 

     

    स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने

    स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन् । 

    श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट शुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्षा महोत्सवका वक्ताले वैज्ञानिकरूपमा महत्व पुष्टि भएको स्थानीय जातका गाई लोप हुँदै जान लागेकाले संरक्षण गरिनुपर्नेमा जोड दिएको हो । 

    पछिल्लो समय फैलन थालेको कालो ढुसीबाट बचाउन लसुन र प्याज पनि उपयोगी रहेको उहाँहरुको भनाइ छ ।

    कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले उच्च रक्तचाप र मधुमेहका रोगीलाई स्थानीय जातको गाईको दूधले फाइदा गर्ने तथा यी गाईमा पाइने कक्र्युमिन नामको तत्वले क्यान्सरलाई ठीक गर्न सहयोग गर्ने बताए । 

    प्रकृति र पर्यावरणको संरक्षणका लागि पनि स्थानीय जातको गाईलाई जोगाउनुपर्ने उनको भनाइ थियो । 

    “गाईलाई रासायनिक मलले असर गरेको छ, रासायनिक मलले स्थानीय जातका गाई बाँच्न आवश्यक वातावरण नष्ट हुन थालेको छ, गाईको गहुँतमा सुन नै पाइएको पनि अध्ययनबाट प्रमाणित भएको छ, स्थानीय जातका गाई मानिसजस्तै हिमालय क्षेत्रमा जान सक्छन्”, स्वामी चैतन्य कृष्णले भने । 

    मानव शरीरमा एचआइभी एड्सविरुद्ध एण्टीबडी तयार पार्न गाईको दूध उपयोगी भएको तथ्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ । स्थानीय जातका गाईमा कीरा वा झिङ्गा कुनै अङ्गमा बसेमा त्योमात्र हल्लाउन सक्ने क्षमता हुन्छ । यो क्षमता जर्सीलगायत अन्य जातका गाईमा हुँदैन ।

    स्थानीय जातका गाईको शरीरमा सबै देवीदेवताले बास गर्ने भएकाले गौमाताका रूपमा पूजा आराधना गर्ने वैदिक सनातनी हिन्दू परम्परा छ । वैदिक ग्रन्थमा गोचरणभूमिलाई नाश गर्ने व्यक्तिको कल्याण हुँदैन भनी व्याख्या गरिएको छ । 

    स्थानीय जातका गाईको वैज्ञानिक अध्ययन अनुसन्धानका लागि नेपालमै पहिलोपटक कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले प्रयोगशाला स्थापना गर्ने तयारी गरेको स्वामी चैतन्य कृष्णले बताए । 

    नेपाल भूमिमा स्थानीय जातका गाई केन्द्रित कृषि प्रणाली, गाईमा आधारित अर्थनीति आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । गाईको बिक्री, गाईलाई असहाय बनाएर छाड्ने प्रवृत्तिविरुद्ध जागरण फैलाउन सातदिने महोत्सव जुम प्रविधिबाट आयोजना गरिएको हो । 

    भगवान् पशुपतिनाथको बास रहेको र बाबा गोरखनाथले तपस्या गर्नुभएको नेपाल भूमिमा वेदलक्षणा स्थानीय जातका गाईको दिगो पालनाले नै देशको संरक्षण हुने कार्यक्रमका अधिकांश वक्ताको भनाइ थियो ।

    जरोकिलो महाअभियानका अध्यक्ष सह प्रा डा निर्मलमणि अधिकारीले वैदिक ज्ञानमा पुनर्जागरण शुरु भएकाले स्थानीय जातका गाईको पनि संरक्षण हुने वातावरण बनेको बताउनुभयो । वैदिक गुरुकुल विगत १०० वर्षमा अहिले सबैभन्दा बढी पुगेकाले स्थानीय जातका गाईको संरक्षणमा गुरुकुलले भूमिका खेल्नुपर्ने उनको भनाइ छ 

    । विसं २०१८ मा स्थानीय जातका गाईलाई बढी दूध दिने बनाउन सुई लगाउन शुरु गरेपछिदेखि नै यसको अस्तित्व सिध्याउन शुरु गरिएको अधिकारीले बताए । 

    दूध बढाउन गौमातालाई यन्त्र बनाएकाले लोप हुने अवस्थामा पुगेको जनाइएको छ । विसं २०२८ मा संविधानमा हिन्दू राज्य उल्लेख गरिए पनि गौमाता एवं लक्ष्मीका रूपमा पुजिने स्थानीय जातका गाई नाश गर्ने अभियान शुरु भएको थियो ।

    विसं २०२८ मा आएको नयाँ शिक्षाले धार नै परिवर्तन गरी नेपालको मौलिक विषयवस्तुलाई पन्छाउँदै गएपछि स्थानीय जातका गाईलगायत देशको पहिचानका मौलिकता बोकेका कुरा क्रमशः हराउन शुरु भएको अध्येता अधिकारीको भनाइ छ । 

    हिन्दू जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले ‘गावो विश्वस्य मातर’ अर्थात् गाई विश्वकै आमा भनी शास्त्रमा वर्णन गरिएबाटै यसको महत्व झल्कने बताए । स्थानीय जातका गाईको सेवाका लागि प्रत्येक नेपालीबाट सहयोग जुटाउने अभियान चलाउनुपर्ने उनको भनाइ थियो । 

    आयोजक समितिका अध्यक्ष स्वामी नन्दकिशोरले सडकमा वृद्ध गाई र गोरु धेरै अलपत्र परेको बताउनुभयो । यस्ता गाईलाई गिद्धले समस्या बनाउँदै लगेको उनको भनाइ थियो । महोत्वसव आगामी शनिबारसम्म जुम प्रविधिबाट जारी रहने जनाइएको छ । कार्यक्रममा स्थानीय जातका गाईको संरक्षणका लागि सहयोगसमेत गर्न सकिने जनाइएको छ ।

    साताको लोकप्रीय