नाडाद्वारा मन्त्री नेम्वाङ्गमार्फत ताप्लेजुङ्ग आगलागी पिडितलाई आर्थिक सहयोग 

नाडाद्वारा मन्त्री नेम्वाङ्गमार्फत ताप्लेजुङ्ग आगलागी पिडितलाई आर्थिक सहयोग 

अर्थ डबली
आइतवार, चैत १ २०७७
अर्थ डबली
आइतवार, चैत १ २०७७ (अर्काइभ बाट)
  • नाडाद्वारा मन्त्री नेम्वाङ्गमार्फत ताप्लेजुङ्ग आगलागी पिडितलाई आर्थिक सहयोग 

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ताप्लेजुङ जिल्लाको दोभानका आगलागी पीडितहरूका लागि आर्थिक सहयोग गरेको छ । 

    images
    images

    नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधिले आज आइतबार भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गमार्फत उक्त सहयोग गरेको हो । 

    सामाजिक उत्तरदायित्वअन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागि जिल्ला विपद् व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप दुई लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको नाडाले जनाएको छ । 

    nada news1.JPG

    उक्त भेटघाटमा मन्त्री नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । 

    साथै नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराउने भने । 

    सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो । 

    साताको लोकप्रीय