नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन !, पढौं पैसाबारे विश्व प्रसिद्ध दार्शनिकका दर्जन प्रेरक भनाईहरु 

नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन !, पढौं पैसाबारे विश्व प्रसिद्ध दार्शनिकका दर्जन प्रेरक भनाईहरु 

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन !, पढौं पैसाबारे विश्व प्रसिद्ध दार्शनिकका दर्जन प्रेरक भनाईहरु 

                

    images
    images

    हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ । तर, यो जीवनमा नभइ नहुने अंगका रुपमा रहेको छ । पैसाबारे अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन।

    र यसको कुराकानीको अन्त्य सधैँ राम्रो पनि होइन । 

    ब्रिटेनमा गरिएको एउटा अध्ययन भन्छ सम्बन्धमा समस्या ल्याउने प्रमुख स्रोत मध्ये एक पैसा हो।
    के बुझ्न सकिन्छ भने, कतिपयका सम्बन्ध धन सम्पति अर्थात पैसाका कारण उतारचढाव हुन पुगेको छ । 

    घर व्यवहारमा मात्र नभई यो परिवारका सदस्य र साथीसँगीसँग हुने समस्याको श्रोत कारण पनि पैसाबारे इमानदारीता, अभाव र उल्झनका कारण हुन्छन् । जब मानिसलाई बाँच्ने आवश्यकताको बस्तु अर्को व्यक्ति समुदायबाट पूर्ति गर्नुपर्ने हुन थाल्यो बस्तु विनिमय त्यसपछि विभिनन मानकमा पैसाले काम गर्दै आयो । आजको डिजिटल विश्वमा पैसाको महत्व कति छ भनिरहनु पर्दैन ।

    त्यसैले परापूर्वकालदेखि विभिन्न दार्शनिक विद्वानहरुले पैसाबारे विभिन्न भाषा टिप्पणी व्यक्त गर्दै आएका छन् । प्रेरक ती वाणीहरु पढौं मनन गरौं । 

     

    – म धनी मानिसभन्दा गरिब मानिस भएर बाँच्न चाहान्छु । – पाब्लो पिकासो 

    – मुद्रा भएमा कागजको खोस्टामात्र खर्च हुन्छ तर, समयको खर्च भए जीवनको भाग नै खत्तम हुन्छ । – माइकल लिबोइक

    – मुद्रा आफैँ टाउको दुखाइ पनि हो र त्यसको औषधी पनि । – इमिरेट म्यामोर 

    volteyar.JPG

    – जीवनमा आइपर्ने केही दुःखलाई राम्रो कमाइले पार लाउन सक्दैन । – लोगन पियरसल स्मिथ

    – पैसा दुईधारे तरबार हो, जसले भए पनि–नभए पनि मानिसलाई चोट दिइरहन्छ । – लेखनाथ पौडयाल

    – म प्रशस्तै पैसा भएको गरिब मानिसको जीवन बाँच्न चाहन्छु । – पाब्लो पिकासो

    – पैसालाई जति अङ्गालो हाल्छु भनेर लागे पनि यसले तपाईँको वास्ता गर्दैन । – अज्ञात

    – जीवनलाई डलरसँग तुलना गर्नु ठूलो भूल हो । – क्लिपफोर्ड ओडेट्स

     

    eristotal.jpg
    – पैसाको सवालमा सबै एक धर्मका अनुयायी बनिदिन्छन् । – भोल्तेयर

    – पैसालाई भगवान बनाइयो भने यसले हामीलाई दानव बनाइदिन्छ । – हेनरी फिल्डिङ

    – नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन । – एरिस्टोटल

    – शुद्ध निस्वार्थ प्रेम मन र निश्कलङ्क शुद्धिविना असम्भव र अप्राप्य छ । – महात्मा गान्धी

    साताको लोकप्रीय