काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको थोक मूल्य विवरण सार्वजनिक गरेको छ ।
सानो गोलभेडा १० प्रतिशतले घटेर ५० रुपैयाँबाट घटेर प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ भने टनेल गोलभेडा ७० रुपैयाँबाट घटेर ६४ रुपैयाँ कायम भएको छ ।
रातो आलु ७९ रुपैयाँबाट घटेर प्रतिकिलो ७८ रुपैयाँ कायम भएको छ भने सेतो आलु ७४ रुपैयाँबाट घटेर ६७ रुपैयाँ तोकिएको छ । त्यस्तै, सुकेको प्याज १२७ रुपैयाँबाट घटेर १२३ रुपैयाँमा कारोबार हुने मूल्य विवरणमा उल्लेख छ ।