आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

अर्थ डबली
बुधवार, साउन २७ २०७८
अर्थ डबली
बुधवार, साउन २७ २०७८ (अर्काइभ बाट)
  • आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ बराबरको घातक रोग बिमाङ्क रकम भुक्तानी गरेको छ । 
    बैंकले बागमती प्रदेशस्थित हेटौडा शाखा कार्यालयबाट २०७६/१०/२९ गते आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी गरिएको बीमाङ्क रकम भुक्तानी गरेको हो । 

    images
    images

    बिमाङ्क रकम २५ लाख रुपैयाँ बराबरको बीमा गरेका हिमाल पौडेललाई भुक्तानी गरिएको कम्पनीले जनाएको छ । बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । 

    कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ  ।

    कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट  दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । उनले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिए । 

    साताको लोकप्रीय