शेयर बजारमा उत्साह फर्कियो : नेप्सेमा ७१.४३ अङ्कले बढ्दा ९ अर्बबढीको कारोबार, आज कसले कति कमाए ? 

शेयर बजारमा उत्साह फर्कियो : नेप्सेमा ७१.४३ अङ्कले बढ्दा ९ अर्बबढीको कारोबार, आज कसले कति कमाए ? 

अर्थ डबली
आइतवार, भदौ २७ २०७८
अर्थ डबली
आइतवार, भदौ २७ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा उत्साह फर्कियो : नेप्सेमा ७१.४३ अङ्कले बढ्दा ९ अर्बबढीको कारोबार, आज कसले कति कमाए ? 

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । अघिल्लो साता अधिकांश कारोबार दिन क्षति बेहोरेको बजारमा आज भने ७१.४३ अङ्कको सुधार देखिएको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार ६०.०२ अङ्कले घटेर २ हजार ८७६.५९ बिन्दुमा झरेको बजार आज भने बढेको हो ।

    images
    images

    आइतबार २.४८ प्रतिशतले बढेको बजार २ हजार ९४७.४२ बिन्दुमा उक्लिएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १३.०३ अङ्कले बढेर ५४८.२९ बिन्दुमा पुगेको छ ।

    नेप्सेसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । बिहीबार ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको मात्रै शेयर किनबेच भएको बजारमा आज आइतबार भने ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

    अधिकांश समूहको शेयरमूल्य बढ्यो
    आइतबार सर्वाधिक बढी हाइड्रो पावर समूहको परिसूचक ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक ५.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.५१ प्रतिशत र निर्जीबन बीमा समूहको परिसूचक ३.२७ प्रतिशतले बृद्धि भएको छ ।

    यसैगरी लगानी समूहको २.३१ प्रतिशत, होटल तथा टुरिजम समूहको २.२३ प्रतिशत, लघुवित्त समूहको २.०८ प्रतिशत, जीवन बीमको १.८४ प्रतिशत, बैंकिङ उपसमूह र व्यापारिक समूहको १.२५ प्रतिशतले परिसूचक बृद्धि भएको छ । बढेको बजारमा आज म्युचुअल फण्डका लगानीकर्ताहरूले भने ०.२९ प्रतिशतले गुमाएका छन् । 

    ९ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट 
    आइतबार ९ ओटा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ भने अन्य पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बृद्धि भएको छ ।

    नेशनल हाइड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, अरुण कावेली पावर, छ्याङ्दी खोला हाइड्रोपावर, पाँचथर पावर कम्प्यान्ट, लिबर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९० प्रतिशतले बढेको हो । यसैगरी हिमालयन पावर, सिनर्जी पावर डेभलपमेन्ट, ङादी ग्रुप पावर, शिभश्री हाइड्रो पावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

    उच्च अङ्कले बढेको बजारमा आज सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरूले सर्वाधिक बढी ३.५८ प्रतिशतले गुमाएका छन् । 

    २३१ ओटा कम्पनीको ९६ हजार ५७१ पटकको व्यापारमा आज एक करोड ७१ लाख ३३३ कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएका कम्पनीहरूमध्ये आज पूँजीका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको आजको शेयर कारोबार रकम ७३ करोड ७७ लाख ८ हजार रुपैयाँ रहेको  छ। 

     

    साताको लोकप्रीय