ऊर्जामन्त्री भुसाललाई युएईका राजदूले दिए ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’को निमन्त्रणा 

ऊर्जामन्त्री भुसाललाई युएईका राजदूले दिए ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’को निमन्त्रणा 

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • ऊर्जामन्त्री भुसाललाई युएईका राजदूले दिए ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’को निमन्त्रणा 

    काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट (युएयी) का राजदूत सईद हम्दन अल–न्वाबीले आज शिष्टाचार भेट गरेका छन् ।

    images
    images

    मन्त्रालयमा आज भएको भेटमा मन्त्री भुसाल र राजदूत अल–न्वाबीबीच नेपाल र युएयीबीच रही आएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

    सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । 

    उनले अगामी नेभेम्बर १५–१८(२०२१) मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले युएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे । 

    आबुधावीमा हुने सम्मेलनमा निमन्त्राणपत्रको धन्यवाद दिँदै मन्त्री भुसालले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताए । 

    सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपालीले युएईमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरे । 

    उनले कोभिड-१९ महामारी पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको भन्दै मन्त्री भुसालले युएई सरकारप्रति धन्यवाद व्यक्त गरे । 

    उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लागि गर्न आग्रह गरे । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो । 

    साताको लोकप्रीय