लगानीको आयस्रोत नखोजिने... विषयमा अर्थमन्त्रालयले दियो यस्तो स्पष्टिकरण [ विज्ञप्तिसहित ]

लगानीको आयस्रोत नखोजिने... विषयमा अर्थमन्त्रालयले दियो यस्तो स्पष्टिकरण [ विज्ञप्तिसहित ]

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • लगानीको आयस्रोत नखोजिने... विषयमा अर्थमन्त्रालयले दियो यस्तो स्पष्टिकरण [ विज्ञप्तिसहित ]

    काठमाडौं/ अर्थमन्त्रालयले पूर्वाधार  विकास परियोजना तथा उद्योगमा गरिने लगानीको आयस्रोत नखोजिने विषय बाहिरिएपछि आएको विवादको विषयलाई लिएर आफ्नो स्पष्टिकरण दिएको छ ।

    images
    images

    आज एक विज्ञप्ति जारी गर्दै  आयस्रोत नखोजिने भन्नाले त्यस्ता भ्रष्टचार तथा आतंकबादी वा यस्तै अन्य सम्बन्धित कसूरजन्य कार्यसम्बन्धलाई नबुझाइएको बताएको छ । 

    आयस्रोत आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ ग थप री राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्बत् २०८० साल चैत मसान्तसम्म  गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्था थपिएको थियो उक्त सम्बन्धमा अर्थमन्त्रालयले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ । 

    arthamantralaya.JPG

     

    मन्त्रालयल गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पत्ति शुद्धिकरण, आतङ्कबादी क्रृयाकलाप, भ्रष्टचार वा अनय कुनै पनि कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरुमा छुट दिईने छैन ।’ 

    त्यस्तो कार्यबाट प्राप्त  आम्दानीको लगानीमा छुट प्रदान नहुन व्यहोरा पनि मन्त्रालयले स्पष्ट पारेको छ । 
    विज्ञप्ति अनुसार नेपाल सरकार अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शद्धीकरण  तथा आतङ्कबादी क्रृयाकलापमा वित्तिय लगानी गर्ने कार्य निवारण गर्न एवम् भ्रष्टचार नियन्त्रणसम्बन्धी राष्ट्रिय कानून  तथा अन्तराष्ट्रिय कानून  कार्यन्वयन गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । 

    साताको लोकप्रीय