निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्, तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस् ।
नको परिभाषालाई नियाल्ने हो भने हामीले निन्द्राको लागि चिन्तन गर्नु राम्रो, युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेर बताएका हुन् निद्रा बारे धेरै विज्ञहरुले धेरै प्रतिवेदन दिएका छन् । अध्ययन गरेका छन् ।
निद्रा निशुल्क पाईने कुरा हो तर, कसैले यसलाई मँहगोमा गुमाइरहेका हुन्छन् । कसैले महँगोमा किनीरहेका हुन्छन् । बदलिदो समाज फेरिदो जिवन शैलीका कारण आजभोलि कसैलाई निद्रा धेरै परेर टेन्सन् कसैलाई निर्दै नपरेर टेन्सन ।
निद्राले हामीलाई के गर्छ भन्ने होइन कि निद्राले फाइदा नगर्ने केही छ कि भन्नेमा केन्द्रित हुन थालेको छ। दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्ने विज्ञहरु बताउँछन् ।
खोजकर्ताहरुले पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण भएको बताउँदै आएका छन् ।
सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ।
निद्राले हामीलाई के गर्छ ?
१. निद्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्रो काम गर्दैन
२. अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्।
३. निद्राको अभावले हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ यो विज्ञानले पत्ता लगाएको कुरा हो ।
४. अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको विज्ञानले बताएको छ।
५. निद्रा पुगेन भने तिनलाई असर पर्छ। मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुँदैन ।
६. अब तपाई फेरि निद्रा पार्न औषधि सेवन गर्नु हुन्छ भने, क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।
७. त्यसैले निद्रा प्राकृतिक हुनुपर्दछ । आफ्नो ईच्छामा हुनुपर्दछ ।
तपाई झुपु झुपु निद्रा लाग्छ ? भनिन्छ विश्वभर करिब एक तिहाई मानिसहरु निद्राकै समस्याका कारण चिन्तित छन् । सधैं सुतौँ सुतौँजस्तो लाग्नु पनि स्वस्थ्य समस्या नै हो । यसलाई हाइपरसोम्निया भनिन्छ ।
हाइपरसोम्निया एउटा निद्राको डिसअर्डर भनिन्छ । तपाईलाई राती अत्यन्त निद्रा आउँछ र विहान उठ्न गाह्रो हुन्छ,भने, हाइपरसोम्निया हुनसक्छ । यस्ता व्यक्तिहरुलाई दिउँसो पनि निद्राले सताउँछ । घर अफिसमै घुर्न सक्छ । लगातार थकाई लाग्नु र जतिबेला पनि निद्रा लाग्नु, सुतेर उठ्दा पनि ऊर्जावान महसुस नहुनु यस रोगको समस्याहरु हुन् ।
यस्ता समस्या सुत्ने रुटिन नभएका रातीको समयमा काम गर्ने व्यक्तिहरुलाई बढि हुन सक्छ । जसले क्याफिनको सेवन बढी गर्छ त्यस्ता व्यक्तिमा देखिन सक्छ । यसले डायबिटिज हुने, डिप्रेशनको शिकार हुने, तथा मोटोपना हुन सक्छ ।
तपाई निद्रा नपर्नुपनि स्वास्थ्यका दृष्टिले ठूलो समस्या हो । मानिसले सुत्ने बानीबेहोरामा परिवर्तन गर्नु जरुरी छ । बैंज्ञानिकहरुले स्वास्थ्यमा सुधार गर्न सकिने र धेरै निद्रा लाग्ने निर्दै नलाग्ने दुवै समस्याहरुबाट बच्न सकिने बताएका छन् ।
एउटै निश्चित समयमा सुत्ने गरेका मानिस यस्तै, क्याफिन नखाए, पर्याप्त विहानीको घाममा बसे निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिने अष्ट्रेलिया तथा युकेका बैज्ञानिकहरुले बताएका छन् ।
सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको निद्रा प्राकृतिक मानिन्छ । जैविक घडिमा चल्नु निद्राका लागि उपयुक्त हुन्छ ।
थोरै सुत्ने मानिस धेरै छिटो मर्छन् । यसका कारणहरु छन् ।
हृदयाघात हुने जोखिम बढ्नु । सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको तथ्यहरुले बताएका छन् । तपाईँ राति जागा बस्नुहुन्छ कि बिहान सबेरै उठ्न सक्नुहुन्छ ?
वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका मानिसहरुलाई स्वास्थ्यमा ठूलो खरावी आउने बताएका छन् ।
जसका लागि बैज्ञानिकहरुले यस्तो बताए ।
१. पहिलेका बानी सुाधर्ने र २–३ घण्टा अगाडि उठ्ने र बाहिर गएर पर्याप्त उज्यालो लिने विहानमा ।
२. तपाई सकेसम्म चाँडै विहानको खानेकुरा खानुस ।
३. बिहान मात्रै शारीरिक व्यायाम गर्ने बानी राख्नुस् ।
४. एउटै समयमा दिउँसोको खाना लिने बानी बसाल्नुस् । बेलुकीको सात बजेपछि केही नखाने गर्नुस् ।
५. दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्नुस् । वा सकेसम्म सेवनै नगर्नुस् ।
६. दिउँसो ४ बजेपछि भनेर छोटो समयका लागि नसुत्नुस् ।
७. राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिनुस् ।
८. प्रत्येक दिन एकै समयमा सुत्नुस् उकै समयमा उठ्नुस् । आजै बानी बनाउनुस् धेरै बाँच्नुहुन्छ ।
यो विषय युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको विश्लेषणमा आधारित विषयहरु हुन् ।
एक जर्नलमा युनिभर्सिटी अफ सरीमा प्राध्यापन गर्ने डेब्रा स्किनीले बताईन्, सामान्य दैनिकी बनाउँदा राति निद्रा नपर्नेहरूलाई पनि आफ्नो शरीरको घडी अनुकूल पार्न र समग्रमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार्न सहयोग पुगेको देखियो ।
शरीरलाई दिउँसो धेरै र राति कम प्रकाश देखाउनुपर्छ।
सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ। र स्वस्थ्य खराव देखिएको उनले बताईन् । यसैले समयको प्राकृतिक रुपमा हिड्नुस् दैनिक खानपान सहि ढंगले उपयोग गर्ने । तनावलाई व्यवस्थापन गर्ने । मन आनन्दित गर्ने उत्तम उपायहरु हुन् ।