एमसिसि अमेरिकी स्वार्थको लागि होइन, हाम्रो हितका लागि हो – कांग्रेस नेता डा. महत

 एमसिसि अमेरिकी स्वार्थको लागि होइन, हाम्रो हितका लागि हो – कांग्रेस नेता डा. महत

अर्थ डबली
सोमवार, असोज ११ २०७८
अर्थ डबली
सोमवार, असोज ११ २०७८ (अर्काइभ बाट)
  •  एमसिसि अमेरिकी स्वार्थको लागि होइन,  हाम्रो हितका लागि हो – कांग्रेस नेता डा. महत

    काठमाडौं/  नेपाली कांग्रेस नेता राम शरण महतले  एमसिसि  मुलुकको हितका लागि भएको बताउँदै यति ठूलो अनुदान साहायता स्वीकार गर्नुपर्ने बताएका छन् ।  डा. महतले आफ्नो सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै यस्तो बताएका हुन् ।
     उनले एमसिसिलाई लामो समय अल्झाएर राख्नु नहुने संकेत गर्दै नेपालको अर्थतन्त्र सुधारको लागि प्राप्त हुने सहयोग संबन्धी संझौताबारे ग़लत अर्थ नलगाउन समेत आग्रह गरेका छन् । 

    images
    images

     उनले भने, ‘आन्तरिक बिज्ञहरूको अध्ययनबाट छानिंएको ऊर्जा एवं यातायात क्षेत्रका परियोजना कार्यान्वयनका लागि आउने ठूलो अनुदान सहायता मुलुकको आर्थिक हितका लागि हो ।’

    दातृराष्ट्र अमेरिकी स्वार्थका लागि होइन, उनले  लेखेका छन् । 

    मुलकमा पछिल्लो समय एमसिसिले तरङ्ग ल्याएको छ । प्रमुख राजनीतिक दलहरु नै विभाजित बनेको छ । सत्तारुढ दलभित्रै नेताहरुले आफ्नो आफ्नो तर्क विर्तक गरेका छन् ।

    सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त परियोजनाका लागि नेपाल २०११ मा छनोट भएको थियो ।

     त्यसको कार्यविधि २०१४ मा बन्यो । नेपाल सरकारले निजी क्षेत्र, नागरिक समाज तथा सम्बन्धित पक्षहरूसँग छलफल गरेपछि मात्रै उक्त सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका थिए ।

    साताको लोकप्रीय