सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महङ्गियो

सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महङ्गियो

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महङ्गियो

    काठमाडौँ / बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । 

    images
    images

    बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९१ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।

    सोही परिमाणको तेजावी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार २६० रुपैयाँमा कारोबार हुनेछ ।  

    साताको लोकप्रीय