आजको मौसम : यी क्षेत्रमा बर्षा र हिमपात हुने, कृषिजन्य काम र घुमफिर गर्दा सचेत रहन आग्रह 

आजको मौसम : यी क्षेत्रमा बर्षा र हिमपात हुने, कृषिजन्य काम र घुमफिर गर्दा सचेत रहन आग्रह 

अर्थ डबली
सोमवार, कार्तिक ८ २०७८
अर्थ डबली
सोमवार, कार्तिक ८ २०७८ (अर्काइभ बाट)
  • आजको मौसम : यी क्षेत्रमा बर्षा र हिमपात हुने, कृषिजन्य काम र घुमफिर गर्दा सचेत रहन आग्रह 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    images
    images

    देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका क्षेत्रहरुमा आंशिक बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा  मेघ गर्जन सहित  हल्का  वर्षा भइरहेको मौसमविद्ले जनाएको छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    साताको लोकप्रीय