लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

अर्थ डबली
शुक्रवार, माघ ७ २०७८
अर्थ डबली
शुक्रवार, माघ ७ २०७८ (अर्काइभ बाट)
  • लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

    काठमाडौँ / लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ । 

    images
    images

    कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नेपाली चलचित्र जगतका महानायक राजेश हमाल लगायत रूपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो । 

    वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरूलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरूमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरूबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।

    कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरूको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । 

    सोहि अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए । भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरू अवलोकन गरेका थिए । 

    Litmus.JPG

    सम्मेलनलाई थप अन्तर्क्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । साथ–साथै पार्टनरहरूलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरूले सबै पार्टनरहरूसँग भेट गरी उनीहरूका जिज्ञासा पनि लिएका थिए ।

    सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, “यहाँहरुको मेहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार व्यक्त गर्दछौँ । हामीहरूले यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरूको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”

    सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग प्रा.लि.नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टील रेनफोर्सड (एसिएसआर) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरू बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

    लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगिनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

    साताको लोकप्रीय